उदयपुरको गाईघाटमै अब व्यबसायीक प्याराग्लाइडिङ्ग सुरु

बिद्यालय स्थापना गरि प्याराग्लाइडिङ्गका लागि पाइलट उत्पादन गरिने
Logo
आइतबार, भाद्र १२, २०७९

उदयपुर । त्रियुगा नगरपालिकामा व्यबसायीक प्याराग्लाईडिङ्ग सुरु हुने भएको छ ।  उडानका लागि नागरिक उड्डयनवाट अनुमती प्राप्त भई पाईलट उत्पादनका लागि स्कुल समेत सञ्चालन हुने भएको छ । नेपालमा प्याराग्लाईडिङ्गको चौथो स्कुल यहाँ स्थापना हुन लागेको हो ।

नगरलाई आधुनिक र उद्यमशील बनाउन पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाबा १० किलोमिटर दुरि बाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गराएर सम्बन्धित संघसंस्थाहरु सँग संचालनको लागि तयारी गर्न लागेको मेयर बस्नेतको भनाई छ । आज नगरप्रमुख बस्नेत, वडाध्यक्षहरु र स्थानीय युवाहरुका बिच परिक्षण उडान सफल भएको छ ।

गाईघाटबाट २५ किलोमिटर दुरिमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गरि फर्किने पर्यटकलाई त्रियुगा नगरको सम्पुर्ण भुभाग सहित सप्तरी सिराहा सम्मका भुभाग देखिने त्रियुगा नगरपालिकाको नव उदय सामुदायिक वनमा प्याराग्लाइडिङको लागि स्टेसन बनाएर उडान गरिने मेयर बस्नेतले बताए ।

गुणस्तरीय शिक्षा र सर्वसुलभ उपचारका लागि मेडिकल कलेज स्थापना गर्ने लक्ष्य सहित लागि परेका मेयर बस्नेतले मेडिकल कलेज स्थापनाका केही आधार स्तम्वहरु तयार भै सकेको बताएका छन ।

“गुणस्तरीय शिक्षा सर्वसुलभ उपचार, उद्यमशिल शहर, समुन्नत र समृद्ध त्रियुगा नगर हाम्रो उपहार” भन्ने नारा सहित त्रियुगा नगरपालिकालाई आजको शहर बाट आधुनिक सुबिधा सम्पन्न नगर बनाउने उदेश्य सहित मेयर बनेका वसन्त कुमार बस्नेत नगरलाई आधुनिक र उद्यमशिल बनाउन विभिन्न सम्भावनाहरुको खोजी गरि रहेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]