

उदयपुर । नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी बिकाश मन्त्री हिमाल कार्कीले त्रियुगा खोलामा बन्न लागेको झोलुङ्गे पुलको बुधवार एक कार्यक्रमका विच संयुक्त रुपमा शिलन्यास गरेका छन ।
त्रियुगा नगरपालिकाको वडा नंं. १२ स्थित बिसनपुर र वडा नं. २ स्थित खैजनपुर लाई जोड्ने झोलुङ्गे पुलको आज मन्त्री द्वय खड्का र कार्कीले संयुक्त शिलन्यास गरेका हुन ।
शहरी बिकाश मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार बिकाश कार्यलयको आयोजनामा बन्न लागेको पुलको कुल लागत ७ करोड ५५ लाख ५५ हजार ९ सय १३ रहेकोमा ठेक्का प्रक्रियाको बोलकबोलमा अन्सुमान रविना जेभी निर्माण कम्पनीले ६ करोड ७९लाख ९९हजार ३ सय ५६ रुपैयाँमा दुई बर्ष भित्रमा सम्पन्न गर्ने गरि ठेक्का पारेको छ ।
दुई स्पान रहेको पुलको चौडाई १.२ मिटर र लम्बाई ७ सय ८३.९१ मिटर रहेको छ । पुलको दुवै तर्फ ३२.७२ मिटर लम्बाई रहेका स्टिल पिलररहने छन । पुललाई थाम्नको लागि माथी ४० एमएमका ८ वटा लठ्ठा टाँगिने छ भने तलबाट २ वटा ४० एमएमकै लठ्ठा लगाइने छ । पुललाई हल्लिन नदिनका हावा लठ्ठाको रुपमा ३६ एमएम का २ लठ्ठा रहने छन ।
पुल निर्माण पश्चात त्रियुगा नगरपालिकाका वडा नं. १, २ र ३ का २२ सय १२ घरधुरीका १० हजार बढि नागरिकलाई उदयपुरको सदरमुकाम गाईघाट बजार सम्म आवत जावत गर्न सहज हुने छ ।
पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. खड्काले आफू जनताकोमा भोट माग्न जाने भनेको जनताका काम गर्न लाई भएको मन्त्री बन्न नभएको बताए । देशका प्रधानमन्त्री भै सकेका नेताहरुका क्षेत्रमा भन्दा यस क्षेत्रमा आफुले एकै पटक ८ अर्वको बजेट ल्याएर उदयपुरमा बिकाश गरेको मन्त्री खड्काले उल्लेख गरे ।
उदयपुरमा भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम भएको भए पनि अरु गर्न बाँकी रहेको बताउदै बिकाशका काममा राजनीति नगर्न कम्युनिस्ट नेताहरुलाई आग्रह गरे । “तपाईंहरु आफू त गर्नु भएन गर्नु हुन्न” उनले भने, “हामी हिम्मतका साथ काम गर्न आएका छौ गर्छौ जसरी पनि गर्छौ मुद्दा मामिला जाल झेल गर्ने काम छाड्दिनुस मिलेर काम गरौं ।”
यस्तै प्रदेश सरकार मन्त्री हिमाल कार्कीले पूर्वाधार बिकाशक्षेत्रमा मुलुकले उल्लेख प्रगती गर्न नसक्नुमा कर्मचारी, न्यायलय, कानुन, र ठेकेदार कम्पनी पनि उतिकै जिम्मेवार रहेको बताए । हाम्रो समाज नेगेटिभमा मात्र रमाउने गरेको बताउदै यहाँ भएका राम्रा कुरा पोजेटिभको कुराको चर्चा नगरी जनतामा निराशा छाउने गरि प्रचार प्रसार गरेको प्रती दुख ब्याक्त गरे ।
यस्तै त्रियुगा नगरका मेयर वसन्त बस्नेतले मन्त्रालय र माथिल्ला बिभागबाट हुने योजनाका कामहरुलाई पारदर्शी र गुणस्तरीय बनाउन मन्त्रीहरु समक्ष आग्रह गरे । त्रियुगा बाँधमा अर्वौको बजेट परेको भए पनि बनेको बाँध गुणस्तरीय नभएको गुनासो व्यक्त गरे । “बाँध कहिँ सानो छ कहिँ ठूलो छ कहिँ ढुङ्गा जाली लगाइएको छैन खालि माटो थुपारिएको छ भत्केर नासिएर गएको छ” मेयर बस्नेतले भने, “यो योजनाको अफिस कहाँ कुनामा छ न त्यहाँ कोहि सरोकारवाला निकाए पुगेर प्रश्न गर्न सक्छ न कोहि पत्रकार हरु नै, उनिरुको मन लाग्दी भएको छ ।”
प्रदेश र संघीय सरकारका मन्त्रालयहरुमा त्रियुगा नगरको भौतिक पूर्वाधार बिकासका लागि आवस्यक योजनाहरुको माग गरिएको हुदा ती योजनाहरुलाई कायन्वयनको दिशा तिर लगिदिन दुवै मन्त्रीहरु सँग मेयर बस्नेतले आग्रह गरे
पुलको शिलन्यास समारोहमा नेपाली कांग्रेस उदयपुरका सभापती तथा प्रदेश नम्बर १ पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, उप प्रमुख तेज प्रसाद गिरी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत, उप प्रमुख महेश्वरी राई लगायत जनप्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।