उदयपुरको क्षेत्र नं १ मा प्रत्यक्षमा आठ र समानुपातिकमा एघार जना सिफारिस

Logo
बिहिबार, भाद्र १६, २०७९

उदयपुर । नेपाली कांग्रेस उदयपुर क्षेत्र नं १ क्षेत्रिय कार्य समितिले सँघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारीस गरेको छ।

क्षेत्रीय कार्यलय बेल्टारमा विहिबार बसेको बैठकले आसन्न संघीय निर्वाचनका लागि प्रत्यक्षतर्फ आठ जना र समानुपातिकतर्फ एघार जना उम्मेदवारको नाम सिफारिस गरेको हो।

बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारमा नेपाल सरकारका परराष्ट्र मन्त्री तथा केन्द्रीय सदस्य डा. नारायण खड्का, संघीय सांसद तथा केन्द्रीय सदस्य लक्ष्मी परियार, निवर्तमान सभापति बिदुर बस्नेत, संघीय सांसद प्रमिला राई, संबिधान सभा सदस्य शान्ती देवी चौधरी, अकुर खड्का, सुशील शेढाई र भोगेन्द्र चौधरीलाई सिफारिस गरेको छ।

यस्तै, समानुपातिकतर्फ सत्यनारायण चौधरी, लिला राई, बिरेन्द्र कुमार बस्नेत, महेन्द्र प्रसाद चौधरी, बेचुदास चौधरी, हिरा लाल ठाकुर, कलावती चौधरी, सत्यनारायण झा, सरस्वती महतरा, हिरा मान मोते र मो. इलिहाँस मियालाई सिफारिस गरेको क्षेत्रिय कार्य समितिका सभापति खगेन्द्र राइले बताए ।

क्षेत्रिय कार्य समितिले सिफारिस गरेको नाम जिल्ला कार्य समितिमा जानेछ । र, जिल्ला कार्य समितिले आफ्नो राय लेखेर प्रदेश कार्य समितिलाई उक्त नाम पठाउने प्रावधान छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:sholusantvhd@gmail.com, khemrjd@gmail.com

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry