गाईघाट बजार क्षेत्रमा बनेका अबैध संरचना र फुटपाथ हटाउने कार्यलाई थप प्रभावकारी बनाइन्छ : वडा अध्यक्ष कोईराला

Logo
शुक्रबार, भाद्र १७, २०७९

उदयपुर । गाईघाट बजार क्षेत्रमा अनाधिकृत रूपमा बनेका संरचना हटाउन र फुटपाथ हटाउने कार्यलाई निरन्तरता दिइएको छ । बजारका फुटपाथमा बेनका अबैध संरचना र फुटपाथमा गरिने व्यबसायले बजारको सौर्न्दर्य हराउनका साथै बजारै अस्तव्यस्त बन्दै गएका कारण आज दोस्रो दिन पनि हटाउने कार्यलाई निरन्तरता दिइएको हो ।

वडा नं. ११ का वडा अध्यक्ष सुमन्त कोइरालाले बजार क्षेत्रका सडकहरु अतिक्रमण गरि बनाइएका सवै संरचना हटाउने र सडकलाई समेत नक्सा अनुसार चौडा बनाउने जानकारी दिए ।

फुटपाथलाई खाली गर्दा बजारको सौर्न्दर्यता आउने र सफा-स्वच्छ शहर सँगै सडक दुर्घटना समेत न्युनिकरण हुने अध्यक्ष कोईरालाले प्रश्ट पारे ।

“फुटपाथ मिचेर बनाइएका होडिङबोर्ड, फलामे भर्याङ, पसललाई चौडा बनाउन थपिएका संरचना सबै हटाइन्छ” अध्यक्ष कोईरालाले भने, “यति मात्र हैन सडक मिचेर बनाएका पक्की संरचनालाई पनि ३५ दिने सुचना निकालेर हटाउन आग्रह गरिन्छ त्यो नगरे हामी आफै हटाउछौ ।”

त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको सयुक्त लगानीमा फुटपाथमा व्यबसाय गर्दै आएकाहरुलाई स्थान्तरण त्रियुगा नगर प्रहरी संगै रहेको खाली जग्गामा व्यबस्थापन गरिएको छ ।

फुटपाथमा व्यवसाय गर्दै आएका ढकी पसले, चनाचटपटे, फलफुल व्यापारीहरुको संरक्षणकै लागि सुरक्षित स्थान वनाएर व्यवस्थापन गर्न लागेको वडा अध्यक्ष कोईरालाले वताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।