उदयपुरको बेलकामा धारिलो हतियार प्रयोग गरि एकै परिवारका तिनजनाको हत्या

Logo
शुक्रबार, भाद्र १७, २०७९

उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ गौधाटारमा एक व्यक्तिले एकै परिवारका तीन जनालाइ धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन।

घरबाट खेतीतर्फ जाँदै गरेका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो ।

हत्या गरेर फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेस पोदारले जानकारी दिए।

आरोपितले राजकुमारलाइ खेतमा जाँदै गरेको अवस्थामा चौवाटे कुलो र आमाछोरालाई स्थानीय बबिङ खोलामा खुकुरी प्रहार गरी हत्या गरेको उनले बताए।

हत्या गर्नुको कारण बारे केही खुलेको छैन। घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा टोली भर्खरै गएकाले थप विवरण आउन बाँकी रहेको उनले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]