माओवादीका प्रदेश संगठन विभाग सदस्य सहित ४८ जना कांग्रेसमा प्रवेश

Logo
आइतबार, भाद्र १९, २०७९

उदयपुर । माओवादी केन्द्रका प्रदेश संगठन विभाग सदस्य सहित ४८ जना जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं. ८ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा माओवादीका प्रदेश संगठन विभाग सदस्य तथा त्रियुगा नगर समिति सह सचिव कुल बहादुर कटुवाल सहित ४८ जिल्ला स्तरका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।

कटुवाललाई पार्टीमा प्रवेश गराउदै सभापति कार्की

कटुवाल संगै माओवादी केन्द्रका त्रियुगा नगर समिति सदस्य तथा दलित मुक्ति मोर्चा जिल्ला पूर्व उपाध्यक्ष तथा वडा समिति इन्चार्ज रण बहादुर विक, त्रियुगा नगर सदस्य तथा वाईसिएल वडा सचिव रविन राई, वडा समितिका कोषाध्यक्ष तथा जिल्ला महिला सदस्य देवी आले मगर कांग्रेस प्रवेश गरेका छन ।

नव प्रवेशीहरुलाई नेपाली कांग्रेस उदयपुर सभापति तथा प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, प्रदेश सभा सदस्य संजा दनुवार, प्रदेश नम्बर १ का सहमाहामन्त्री विनोद कुमार बस्नेत, त्रियुगा नगरपालिकाका मेयर तथा पूर्व क्षेत्रीय सभापति बसन्त कुमार बस्नेत, जिल्ला कमिटी सदस्य नविन कटुवाल, प्रदेश सभा १ (ख) का सभापति सरोज कुमार बस्नेत, त्रियुगा नगर सभापति प्रकास कुमार खड्का लगायतले नवप्रवेशीहरुलाई अविर खादा तथा माला पहिर्याएर पार्टी प्रवेश गराएका हुन ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति हिमाल कार्कीले नवप्रवेशीहरुलाई उचित मूल्याकंन सहित पार्टीमा भूमिका र व्यबस्थापन गर्ने बताए । कार्यक्रममा बोलेका वक्ताहरुले नवप्रवेशीहरुलाई अन्य पार्टीबाट जुन भूमिकाबाट कांग्रेसमा प्रवेश गरेको हो त्यहीँ भूमिका र जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गर्दै त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले स्थानीय सरकारमा कांग्रेस आइ सकेकोले अव प्रदेश र संघको निर्वाचनमा होमिएर तिनै तहको सरकार निर्माण गर्न सवै लागि पर्नु पर्ने उल्लेख गरे ।

“हामीले स्थानीय सरकार निर्माण गरि सकेका छौ, अव प्रदेश र संघमा पनि हामीले सरकार बनाउनछ,” मेयर बस्नेतले भने, “नयाँ साथीहरु पनि आउनु भएको छ अझ पार्टी शसक्त भएको छ, अव समृद्ध त्रियुगा नगर बनाउने हाम्रो सपनालाई पूरा गर्न पनि संघ र प्रदेश सरकार निर्माण गर्न सबै एक जुट हुन पर्छ ।”

कार्यक्रममा नव प्रवेशीहरुलाई वडा नं. ३ का वडा अध्यक्ष तिलक कटुवाल, वडा नं. ४ का वडा अध्यक्ष बद्री बस्नेत, वडा नं. ५ वडा अध्यक्ष उद्वब थापा, वडा नं. ९ का वडा अध्यक्ष राजकुमार दनुवार, वडा नं. १२ का वडा अध्यक्ष चुडाराज काफ्लेले स्वागत तथा शुभकामना दिएका छन ।

वडा नं. ८ का वडा सभापती लिलबहादुर बस्नेतको अध्यक्षता सम्पन्न कार्यक्रममा क्षेत्र नं. १ का क्षेत्रीय सचिव सन्तोष कोईराला, प्रदेश १ ख का सचिव फिरन खड्का, युवा नेता सुमन चौधरी, त्रियुगा नगर उपसभापति उमेश बुढाथोकी, महिला नेत्रीहरु बिमला सुनुवार राई, कमला कटुवाल बस्नेत, तारा राई अगायत सयौं नेता तथा कार्यकर्ता उपस्थित थिए । कांग्रेस बिद्यार्थीनेता एलबि कार्कीले कार्यक्रम संचालन गरेका थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।