बिद्यालयलाई लाई प्रविधी मैत्री बनाउन शिक्षकलाई ४५ वटा ल्यापटप बितरण

Logo
शुक्रबार, भाद्र २४, २०७९

उदयपुर । प्रविधि युक्त शिक्षालाई जोड दिँदै शिक्षकलाई प्रविधि मैत्री बनाउने उद्धेश्यले उदयपुरको गाईघाट स्थित एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको छ ।

विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नका लागि त्रियुगा नमुना माध्यमिक विद्यालय गाईघाटले आफ्ना विद्यालयमा कार्यरत ४५ जना शिक्षकलाई ल्यापटप वितरण गरेको हो ।

विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि गर्न नमूना विद्यालय प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षकहरुलाई ४५ वटा ल्यापटप वितरण गरिएको प्रधानाध्यापक सुवास विष्टले बताए ।

विद्यालयमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका मेयर बसन्त कुमार बस्नेतले शिक्षकहरुलाई  ल्यापटप हस्तान्तरण गरेका हुन ।

ल्यापटप हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर बस्नेतले शिक्षामा सुधार हुन नसके नगर समृद्ध नहुने उल्लेख गर्दै उनले शिक्षामा गुणस्तरिय शिक्षा  प्रति आुफु सधै चिन्तित रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले जुन उदेश्यका लागि ल्यापटप बितरण गरिएको हो त्यसको सहि सदुपयोग गर्न आग्रह गरे । उनले भने, “प्रविधि युक्त शिक्षाका लागि बिद्यालयले गरेको यो कार्य सराहनीय कार्य हो यसलाई सबैले बिद्यालयले सुचारु गर्न पर्छ र जुन प्रयोजनका लागि दिइएको हो त्यसको लागि मात्र प्रयोग गर्नु होस दुरुपयोग नगर्नुहोस ।”

यस्तै त्रियुगा नगरपालिकाका वडा अध्यक्ष सुमन्त कोइरालाले गुरु चेलाको सम्बन्ध रहेको नमुना मावी आफ्नो वडाको एक मात्र बिद्यालय भएकोले बिद्यालयको भौतिक र शैक्षिक सुधारका लागि आफू हरदम प्रयत्न गरि रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पाण्डे सहित व्यवस्थापन समितिका सदस्यहरु उपस्थित थिए ।

त्रियुगा नमुना माध्यमिक विद्यालयमा कक्षा ६ देखि कम्प्युटर अध्ययन गराईने र कक्षा ११ र १२ व्यवस्थापन संकायमा आईसिटी बिषय अध्यापन गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।