‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा उदयपुर बेल्टारका युवा कोच राजेश पायल राइको टिमबाट ब्याटल राउन्ड प्रवेश

Solution Khabar आइतबार, भाद्र २६, २०७९ समय 09:09:05

उदयपुर । उदयपुरको बेल्टारका सुमन सेन्चुरी ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा ब्लाइन्ड राउन्ड पार गर्दै ब्याटल राउन्ड प्रवेश गरेका छन ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा कोच राजेश पायल राईलाई टर्न गराउदै ब्याटल राउन्डमा प्रवेश गरेका हुन ।

राजेश पायल राई, प्रमोद खरेल, राजु लामा र प्रविसा अधिकारी कोच रहेको सिजन ४ को ब्लाइन्ड अडिसनमा २३ बर्षिय सेन्चुरीले रुशन श्रेष्ठ र सुजिना श्रेष्ठले गाएको ‘छाडिदेउ तिम्रो आसा म फर्काउने छैन’ बोलको गित गाएका थिए ।

गितको सुरुमै टर्न गरेर आफ्नो टिममा स्वागत गरि सकेका राइका अलवा टर्न नगरेका अन्य कोचहरुले पनि सुन्चुरीको गायकीलाई प्रशंसा गरेका थिए ।

ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्ड प्रवेशको मौका पाउने छन । हिमालय टेलिभिजनमा कार्यक्रम शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।