ताइवानमा शक्तिशाली भूकम्प ,जापानमा खतरनाक आँधी,२० लाख विस्थापित

Logo
आइतबार, आश्विन ०२, २०७९

एजेन्सी । दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङबाट ९१ किलोमिटर पूर्वमा छ ।

ताइवान मौसम विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट ७.३ किलोमिटर गहिराइमा थियो । ताइवानभर भूकम्पको धक्का महसुस गरिएको थियो ।राजधानी ताइपेईमा केही समय भवनहरू हल्लिएका थिए । विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रमा थोरै जनसङ्ख्या रहेको क्षेत्र हो ।

रोयटर्सका अनुसार भूकम्प गए पनि ताइवानको पूर्वी तटमा बिजुली आपूर्तिमा कुनै अवरोध भएको छैन । यस्तै दक्षिणी सहर ताइनान र काओसिङमा रहेको विज्ञान पार्क, प्रमुख अर्धचालक कारखानाको घर लगयातमा कुनै प्रभाव परेको छैन । भूकम्पको रेक्टर स्केल ७ भन्दा माथि नभएसम्म ताइवानले सुनामीको चेतावनी दिने गरेको छैन ।

दुई टेक्टोनिक प्लेटको संगम नजिकै रहेको ताइवान भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो । सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

यता जापानमा ठूलो आँधीको चेतावनी जारी गरिएको छ । ‘नानमाडोल’ नामक आँधी जापानतर्फ बढेको छ । त्यहाँको मौसम विभागले झण्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्न भनेको छ । विशेष गरी जापानको कागोशीमा, कुमामोटोट र मियाजाकिका नागरिक जोखिममा पर्ने पूर्वानुमान छ ।

ती जोखिम क्षेत्र खाली गर्न अपिल गरिएको छ । प्रतिघण्टा २ सय ७० किलोमिटरको दरले आउन सक्ने आँधी कागोशीमा हुँदै जापानको मुख्य टापुसम्म पुग्न सक्ने अनुमान छ । साथै भारी वर्षाको सम्भावना पनि छ ।

आँधीले घरहरु भत्कन सक्ने र वर्षाका कारण बाढी÷पहिरो निम्त्याउन सक्ने पूर्वानुमान छ ।पहिरो र बाढीको जोखिमबाट बच्न आँधी आउनुअघि नै बासिन्दालाई घरबाहिर निस्कन आग्रह गरिएको छ । जापान एअरलाइन्ससहितका केही उडान आजका लागि रद्द गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।