त्रियुगा उद्योग बाणिज्य संघले बनायो गाईघाट बजारका सडकमा जेब्रा क्रसिङ

Logo
बिहिबार, आश्विन ०६, २०७९

उदयपुर । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले बजारका मुख्य सडकहरुमा जेब्रा क्रसिङ निर्माण थालेको छ ।

बढी भिडभाड हुने र पैदलयात्रुले बाटो क्रस गर्ने स्थानलाई मध्य नजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको संघका अध्यक्ष रमेश रसाइलीले बताए ।

गाइघाट बजार क्षेत्रमा मदन भण्डारी राजमार्ग समेत पर्ने भएकोले सो सडकमा जेब्रा क्रसिङ अनिबार्य भएकोले सो सडक सहित बजारका अन्य भिडभाड हुने र पैदलयात्रु बढी ओहोरदोहोर गर्ने सडकमा जेब्रा क्रसिङ निर्माण गर्ने अध्यक्ष रसाइलीले बताए ।

बिद्यालय क्षेत्रमा स-साना विद्यार्थी समेत बाटो काट्न पर्ने, बृद्धबृद्धाहरुलाई समेत बाटो काट्न सकस देखिको र दुर्घटना समेत हुने देखिएको हुदा दुर्घटनालाई न्यूनीकरण गर्न जेब्रा क्रसिङ निर्माण गरिएको अध्यक्ष रसाइलीले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालय उदयपुरको सहकार्यमा जेब्रा क्रसिङको  काम गरिएको हो । जेब्रा क्रसिङ निर्माणले निश्चित स्थानबाट यात्रुहरुलाई बाटो काट्न मदद्त गर्दै दुर्घटनालाई नियन्त्रणमा सहज गराउन मदत पुग्ने व्यवसायी तथा आम जनताको बुझाई छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।