प्रदेश सभा सदस्यको समानुपातिक बन्द सुचिमा आफ्नो नाम सुनियोजित पारेको भन्दै नेता बस्नेत द्वार अश्विकार

Logo
शनिबार, आश्विन ०८, २०७९

उदयपुर । नेपाली काँग्रेस उदयपुरका निवर्तमान सभापति विदुर बस्नेतले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।

विहीवार विज्ञप्त्ति जारी गर्दै उनले समानुपातिकमा आफ्नो दाबी नरहेको र कुनै पनि क्षेत्रबाट सिफारिस समेत नभएको अवस्थामा समानुपातिकको बन्द सूचीमा नाम राखिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो प्रत्यक्ष तर्फ भन्दा अरु कुनैमा पनि उम्मेदवार नरहने अडान सहित प्रदेश सभा सदस्यको समानुपातिक सुची बाट आफ्नो नाम तत्काल हटाउन समेत माग गरेका छन् ।

उनले एक बिज्ञप्ति जारी गर्दै भनेका छन, “म उदयपुरको क्षेत्र नं १ को प्रतिनिधि सभाका लागि प्रत्यक्ष भन्दा अन्य कुनैपनि पदमा उम्मेदवार नरहने यस अघिनै जानकारी गराई सकेको तर सुनियोजित तरिकाले मेरो र आम कांग्रेसी कार्यकर्ताको भावनामा समेत ठेस पुग्ने गरि प्रदेश सभा सदस्यमा मेरो नाम समाबेश गरिनु आपत्ती जनक छ, प्रदेश सभा सदस्यको समानुपातिक सुचिमा रहेको मेरो नाम अश्विकार गरेको घोषणा गर्दछु ।”

तीन पटक पार्टीको जिल्ला सभापति भएका बस्नेतले यस अगाडीको निर्वाचनमा जिल्ला र केन्द्रीय नेता सँग आउदो मंसिर ४ गते हुने निर्वाचनमा आफू क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बन्ने र सबैले सहयोग गर्ने भद्र सहमति भएको समेत यस अघिको बिज्ञप्तिमा खुलाएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]