हिस्टुन उदयपुरमा अध्यक्ष ढकाल सहित सम्पुर्ण समिति सर्वसम्मत

Logo
बुधबार, आश्विन १२, २०७९

उदयपुर । सामुदायिक माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरुको छाता संगठन सामुदायिक माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) (high school teacher’s union nepal- histun) को उदयपुर शाखामा नरेश ढकाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन ।

उदयपुरमा सम्पन्न दोस्रो अधिबेशनबाट अध्यक्ष ढकाल सहित उपाध्यक्ष अर्जुन खड्का, सचिव रामजी पाण्डे लगायत सम्पुर्ण पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन ।

नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरका अध्यक्ष यादब बहादुर बस्नेत, प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष डोला राम चौधरी , पूर्व हिस्टुन्का अध्यक्ष तथा बाल्मन्दिर मा बि बोक्सेका प्रधानाध्यापक जङ्गबहादुर खड्का, नेपाल शिक्षक संघ उदयपुरक नगर अध्यक्ष रामवावु यादवको उपस्थितिमा अधिबेशन सम्पन्न भएको हो ।

विद्यालयमा आधारभूत, निम्नमाध्यमिक तथा ९ र १० कक्षाको माध्यमिक तहका साथै विश्वविद्यालय तहमा मात्र स्थायी शिक्षकको व्यवस्था गरेर सरकारले लामो समयदेखि ११ र १२ कक्षालाई उपेक्षा गरी शैक्षिक गुणस्तर कमजोर बनाउने र कार्यरत शिक्षकको भविष्यसमेत अनिश्चित बनाएको भन्दै अब नयाँ कार्यसमितिले पेशागत हकहितका लागि डटेर लाग्ने नवनिर्वाचित उपाध्यक्ष अर्जुन खड्काले बताए ।

 

 

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।