त्रियुगामा गरिब परिचयपत्र वितरण सुरु

Logo
बिहिबार, आश्विन १३, २०७९

उदयपुर। त्रियुगा नगरपालिकाले अति गरिव, मध्यम गरिव र सामान्य गरिवहरुलाई गरिवहरुको पहिचानका लागि गरिव परिचयपत्र बितरण सुरु गरेको छ ।

नेपाल सरकार भुमी व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्थानीय सरकार साझेदारी कार्यक्रम अन्तर्गत आज एक कार्यक्रमका बिच त्रियुगा नगरपालिकामा बसोबास गर्दै आएकाहरुलाई गरिव परिचयपत्र वितरण गरिएको हो ।

त्रियुगा नगरपालिका भित्र १ हजार छयालीस घर परिवार गरिव रहेका छन । जस्मा अति गरिव ३ सय ७५ जना, मध्यम गरिव ३ सय ७३ र सामान्य गरिव २ सय ९८ रहेका छन ।

आज परिचयपत्र वितरण कार्यक्रमको पहिलो दिन अति गरिव ७ र मध्यम गरिव १ गरि ८ जनालाई नगर प्रमुख वसन्त कुमार बस्नेत र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले परिचयपत्र बितरण गरेका हुन ।

परिचयपत्र वितरण गर्दै नगरप्रमुख बस्नेतले गरिवहरुको पहिचानका लागि कार्ड अहिले वितरण गरिएको र उनिहरुको जिवन स्तर उस्कास्न नेपाल सरकार सँग समन्वय र सहकार्य गर्दै ठोस योजना ल्याएर काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।