दुवै मिर्गौला पिडित बिरामीलाई ६ लाख बढी रकम सहयोग

Logo
बिहिबार, आश्विन १३, २०७९

उदयपुर । नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य लोक बहादुर कार्की (एल बी कार्की) को समन्वयमा एक मिर्गौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेका छन ।

विदेशमा रहेका नेपालीहरु र नेपालमा विभिन्न संघ संस्थामा कार्यरत नेपालीहरुले ६ लाख ८ हजार रुपैया संकलन गरि सहयोग रकम आज हस्तान्तरण गरेका हुन ।

अमेरिका बाट अर्जुन कार्कीद्वारा संकलित रकम रु २ लाख ७० हजार, सम्भु खडकाद्वारा संकलित रु १लाख २२ हजार, जापानबाट निरज कटुवालद्वारा संकलित रु १ लाख ४७ हजार अस्ट्रेलियाबाट कृष्ण कटुवालद्वारा संकलित रु ७० हजार दुबै मिर्गौला फेल भयकी अनिता कटुवाल कार्की लाई उपचार र दुई छोरीलाई पठन पाठनको लागि आज बिरामी उपचार गर्न बसेकै कोठामा पुगेर हस्तान्तरण गरेका हुन ।

जम्मा भएको सहयोग रकम हस्तान्तरण गर्दै उपचारमा अन्य आबस्यक पर्ने रकम थप सहयोग गर्ने युवा समाज सेवी एल बी कार्कीले बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस उदयपुर काठमाडौ सम्पर्क समिति उपसभापति राम वाग्ले सम्पर्क समिति सदस्य प्रकाश कार्की, गणेश कार्की, सकला लोहनी सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।