मोटर साइकल र अटो एक आपसमा ठोकिदा श्रीमतीको मृत्यु, श्रीमान सहित ३ घाइते

Logo
शुक्रबार, आश्विन २१, २०७९

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा विहिबार मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ।

विहिबार साँझ ७ बजेको समयमा स १ ह २०७६ नम्बरको अटो लाई प्र.१–०५–००१ प २१८६ नम्बरको मोटर साइकलले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सवार त्रियुगा नगरपालिका १२ का दिलिप श्रेष्ठकी श्रीमती ४५ बर्षिय तुलसा श्रेष्ठको घटनास्थलमा नै  मृत्यु भएको हो  ।

मोटर साइकल चालक दिलिप श्रेष्ठ घाइते भएका छन भने अटोमा भित्र रहेका त्रियुगा नगरपालिका ३ का ५० बर्षीय पुना सरि विक गम्भिर घाइते घाइते भएकी छिन् । विकको हात, खुट्टा, ढाँडमा चोट लागेको छ । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

अटोमा रहेका १५ बर्षीय  मनिस बराइली समेत घाइते भएको छन । मोटर साइकल बगहाबाट गाईघाट तर्फ आउँदै गर्दा दुर्घटना भएको हो । मोटर साइकल चालक श्रेष्ठ त्रियुगा नगरपालिकाका कर्मचारी हुन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।