असोज २४ गते सोमबार सार्वजनिक बिदा

Logo
सोमबार, आश्विन २४, २०७९

उदयपुर । त्रियुगा नगरपालिकाले असोज २४ गते सोमबार सार्वजनिक बिदा दिएको छ । त्रियुगा नगर सभा सदस्य छत्र कुमारी थापा राउतको असामयिक निधनमा सार्वजनिक बिदा दिएको हो ।

त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनका अनुसार नगरपालिका मातहतका आकस्मिक बाहेकका सबै कार्यलयहरुलाई सार्वजनिक बिदा दिएको छ ।

परिवार स्रोतका अनुसार असोज ८ गते सुनसरी आफन्तकोमा गएकी राउत ९ गते फर्किने क्रममा बेलकानगरपालिका स्थित सेती खोला पेट्रोल पम्पमा अन्तिम पटक देखा परेपछी सम्पर्क बिहिन भएकी थिइन ।

आफू चडेर आउदै गरेको सवारी साधनबाट उत्रिएर सम्पर्क बिहिन बनेकी राउत एक हप्ता पछि असोज १६ गते जंगलमा सडेको अवस्थामा मृत फेला परेकी थिइन ।

बैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा त्रियुगा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसका तर्फबाट राउत निर्वाचित भएकी थिइन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।