स्वतन्त्र र साना दलका उम्मेदवारको आरोप : ठूला दलले नै निर्वाचन आचारसंहिता उलंघन गर्छन

Logo
बिहिबार, आश्विन २७, २०७९

उदयपुर । उदयपुरका स्वतन्त्र तथा साना दलका उमेदवारहरुले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागु गराउनु पर्नेमा जोड दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहीबार गाइघाटमा आयोजना गरेको निर्वाचन आचारसंहिता २०७९ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरुले देशका मुख्य र जिम्मेवार दलहरुले आचारसंहिता उल्लघन गर्ने गरेकाले गम्भीरता पूर्वक कार्यान्वयन गर्न माग गरेका हुन् ।

निर्वाचन आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियमहरु उल्लघन हुने गरेको विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले बताएका छन् ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार, दल लगायत सरोकारवाला पक्षले पालना गर्नुपर्ने आचारसंहितको बिषयमा जानकारी गराएका थिए।

उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले निर्वाचन आचारसंहिता कडाईका साथ लागु गर्ने बताए । प्रमुख जिल्ला अधिकारी गौतमले निर्वाचन आचारसंहिता उल्लघन गर्ने दल र उम्मेदवार स्वयम सचेत हुने हो भने बिगतमा जस्तो अवस्था नआउने उल्लेख गरे।

कार्यक्रममा पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काले निर्वाचनको समयमा पत्रकार तथा संचार माध्यमको अनुगमनका लागि बनाईएको संयन्त्र खारेजी गर्नु पर्ने माग गरे । अध्यक्ष खड्काले पत्रकार तथा संचार माध्यमहरुलाई नियन्त्रण तथा नियमन गर्नका लागि प्रेस काउन्सील नेपाल रहेकाले सोहि निकायबाट अनुगमन हुनु पर्नेमा जोड दिए । अध्यक्ष खड्काले स्थानिय संचार माध्यमहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता कार्यान्वन गर्नका लागि पत्रकार महासंघ उदयपुरले सहयोग पु¥याउने बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]