मैले जग्गा उपलब्ध गराएर एक रुपैया भाडा मागेको छैन, बजार संचालनमा आएर फाइदा भए फाइदाको केहि हिस्सा देउ भनेको हो : सुमन्त कोईराला

प्रेस स्वतन्त्रताको दुरुपयोग भयो : अध्यक्ष कोईराला
Logo
खेमराज दाहाल शनिबार, आश्विन २९, २०७९

उदयपुर।  विभिन्न ढकी, ठेला र फलफुलहरु गाईघाट बजार भित्रका मुख्य सडकमा राखेर व्यापार गर्दा बजारको सौन्दर्य बिगार्ने, सडकलाई अस्तव्यस्त बनाएको, पैदल यात्रुलाई हिड्न समेत समस्या भएको भन्दै बर्षौ देखि गाईघाटका जनता सास्ती खेप्दै आएका थिए।

गाईघाट बासी सास्ती खेपे पनि सम्बन्धित निकायले ध्यान नदिदा असन्तुष्टि पोख्दै ज्यान जोखिममा राखेर यात्रा गर्दै आएका थिए। पटक पटक स्थानीय र सरोकार वाला निकायले बजार व्यावस्थापन गर्न ध्यानाकर्षण गराउदा पनि वेवास्ता गरेका कारण स्थानीय निर्वाचन मार्फत जनताले उनीहरुलाई आफ्नो ताकत देखाए। आफ्ना कुरालाई वेवास्ता गर्ने स्थानीय सरकारलाई परिबर्तन गरि दिए।

नयाँ जनप्रतिनिधिको रुपमा वडा नं ११ मा जन्म भई यहि हुर्केका सुमन्त कोईराला वडा अध्यक्षका रुपमा निर्वाचित भए। उनले जनता कहाँ भोट माग्न जादै बजार ब्यबस्थानलाई आफ्नो एजेन्डा बनाएका थिए। जनतालाई गरेको वाचा अनुरुप निर्वाचित भए पश्चात बजार व्यबस्थापन गर्न वडा अध्यक्ष कोईराला लागि परे।

बजार वायाबस्थापनका लागि त्रियुगा नगरपालिकासँग अध्यक्ष कोईरालाले छलफल गरे।  छलफल पछि बजार व्यबस्थापन गर्न मेयर बसन्त कुमार बस्नेत र उपमेयर महेश्वरी राइले मुख्य बजार वडा नं ११ मा नै पर्ने भएकोले ११ नं वडाका वडा अध्यक्ष सहित बजार नजिक पर्ने वडा १०,१२, र १३ का वडा अध्यक्ष समेतलाई राखी ११ नं अध्यक्षको संयजकत्वमा बजार व्यावस्थापन समिति बनाईदिए ।

बजार व्यावस्थापन समितिको संयोजक बने पछि अध्यक्ष कोईरालाले राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि र अस्तित्वमा रहेका दलका प्रतिनिधि समेतको सर्वदलिय छलफल पछि बजारका सडकमा र पेटीमा व्यावसाय गर्दै आएकालाई नगर प्रहरी नजिकै अध्यक्ष कोईरालाको संरक्षणमा रहेको जग्गा उनले सितैमा उपलब्ध गराउने भए।

समितिले बजार व्यावस्थापनका निमित्त उक्त जग्गा सहि भएको ठहर गर्यो र उक्त जग्गामा बजार व्यावस्थापन गर्न नगरपालिकाको कार्यपालिका बैठक बाट सर्वसम्मत पारित भए पछि उनले जग्गा सितैमा बजार व्यबस्थापनका लागि उपलब्ध गराउने भए।  नगरपालिकाले व्यबसाय गर्नका निमित्त टहरा बनाइदिन ८ लाख ४० हजार रुपैया खर्च गर्यो। अध्यक्ष कोईरालाले फलफूल बजारलाई जग्गा उपलब्ध गराए वापत नगरपालिका वा अन्य कुनै निकायसँग भाडा लिएका छैनन्।

बजार व्यावस्थापन गर्न पनि अनिबार्य थियो र बजार एरिया नजिक सार्वजनिक जग्गा पनि थिएन। उनले आफ्नो जग्गा बिना भाडा नगरपालिकाले लगानी गर्नु र त्रियुगा उद्योग बाणिज्य संघले त्यसको वायाबस्थापन गर्नु भनेर जग्गा उपलब्ध गराए।

नगरपालिकाले आवस्यक बजेट छुट्याएर जग्गामा टहरा निर्माण गरि सडक र सडक पेटीमा व्यापार गर्दै आएका व्यापारी सोही स्थानमा गएर आफ्नो व्यापार गर्न थाले।  नगरपालिका, वडा र उद्योग बाणिज्य संघले अहिले सम्म सो स्थानमा व्यावसाय गर्दै आएका बाट भाडा लिएको छैन र अध्यक्ष कोईरालालाई पनि कुनै भाडा नदिएको नगरपालिकाले बताएको छ।

हालै उदयपुर गाईघाट बाट प्रकाशन हुने अनलाइनमा फलफुल बजारका लागि उपलब्ध गराएको जग्गाको बिषयमा डवल भाडा लिएको भन्दै समाचार प्रकाशन भए पछि आफ्नो ध्यानकर्षण भएको अध्यक्ष कोईरालाले बताएका छन्। अनलाइन समाचारमा फलफुलका लागि उपलब्ध गराएको जग्गा यस अघि नै नगरप्रहरीको कार्यालय संचालनका लागि दिएको उल्लेख छ।

तर अध्यक्ष कोईरालाले जिल्ला प्रहरी कार्यालयसँग सम्झौता गर्दा कित्ता नम्बर ६८५८ को १ कठ्ठा ३ धुर जग्गामा बनेको घर मात्र प्रयोग गर्ने जनाइएको छ। अध्यक्ष कोईरालाको संरक्षणमा रहेको नगर प्रहरीले प्रयोग गरिरहेको उक्त घर मात्र भाडामा लिएको र बाँकी रहेको जग्गाको बिषयमा नगरप्रहरी वा जिल्ला प्रहरी कार्यालयलाई कुनै सरोकार नरहेको उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयलले बताए ।

“हामीले घर भाडामा लिएको हौ हामीले घरमात्र प्रयोग गर्ने हो अरु जग्गाको बिषयमा हामीलाई कुनै सरोकार छैन हाम्रो सम्झौता अनुसार हामीले घर प्रयोग गर्न पाईरहेका छौ। ” उपरिक्षक फुयलले सोलुसन खबरसँग भने।

यता वडा अध्यक्ष कोईराला भने फलफुल बजारलाई दिएको जग्गा आफ्नो नाममा नभएको तर आफ्नो संरक्षणमा भएकाले नगरपालिकालाई निशुल्क उपलब्ध गराएको बताउछन। “अहिले सम्म मैले उपलब्ध गराएको जग्गाको भाडा यति देउ भनेको छैन,” उनले भने, “हामीले सोचे जसरी बजार संचालनमा आयो र नाफा भयो भने नाफाको केही हिस्सा देउ भनेको हो भाडा देउ भनेको छैन।”

यता नगर प्रहरीलाई समेत जग्गा दिएको र सोही जग्गा पुन भाडामा लगाएको समाचार बाहिरी पछि उनले पत्रकार हरुले समाचार बुझेर लेख्न आग्रह गरेका छन।  “कसैको एक कित्तामा एक बिगा जग्गा होला त्यसमा बनेको घर भाडामा दियो भने सबै जग्गा भाडामा दिएको ठहर्छ की घर मात्र दिएको ठहर्छ ?” उनले प्रश्न गर्दै भने, “मैले प्रहरीलाई दिएको घर हो रहेको बाँकी सबै जग्गा हैन प्रहरी संगको सम्झौता हेर्दा हुन्छ, प्रेस स्वतन्त्रता छ र कलम हातमा छ भन्दैमा मनलाग्दी लेख्न कसैलाई छुट छैन। “

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।