गठबन्धनको चुनावी अभियान सुरु, गठबन्धन सफल हुनेमा सवै दल बिश्वस्त

Logo
बुधबार, कार्तिक ०२, २०७९

उदयपुर । मंसिर ४ गतेको निर्वाचन लक्षित नेपाली कांग्रेस सहित गठबन्धन दलले चुनावी अभियान सुरु गरेको छ । असोज २३ गते मनोनयन पश्चात आन्तरिक छलफलमा रहेको गठबन्धन कार्तिक १ गते देखि चुनावी अभियानमा होमिएको हो ।

उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रदेस ( ख ) मा सात दिने कार्यतालिका बनाएर त्रियुगा नगरपालिका भरिका सवै वडामा कार्यकर्ता तथा जनतासँग चुनावी साक्षत्कार कार्यक्रम गर्ने भएको हो ।

कार्तिक १ गते त्रियुगा नगरपालिकाका वडा नं १,२ र ३ मा कार्यतालिका अनुसार कार्यक्रम सम्पन्न गरेको छ । उदयपुर निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डा.नारायण खड्का, प्रदेस ( ख ) का उम्मेदवार हिमाल कार्की लागाएत गठबन्धन दलका समानुपातिक उम्मेदवारहरु सहित चुनावी अभियानमा वडामा पुगि रहेका छन ।

४ दलिय गठबन्धनमा उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रतिनिधि सभा नेपाली कांग्रेस, प्रदेस (क) माओवादी र प्रदेस ( ख ) नेपाली कांग्रेसको भागमा परेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।