नेपाली कांग्रेस उदयपुरको मूल निर्वाचन परिचालन समितिको बैठक सम्पन्न, सचिवमा कटुवाल

Logo
बिहिबार, कार्तिक ०३, २०७९

उदयपुर।  मंसिर ४ गते हुने संघीय र प्रदेश सभा सदस्यको निर्वाचनको लागि सत्ता गठबन्धनका उम्मेद्वारलाई जिताउन नेपाली कांग्रेस उदयपुरले मूल निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ।

निवर्तमान पार्टी सभापति बिदुर बस्नेत संयोजक रहेको मूल परिचालन समितिको आज जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले निवर्तमान पार्टी सचिव मदनराज कटुवाललाई सदस्य सचिव बनाउदै पूर्णता दिएको हो।

बैठकले मूल निर्वाचन परिचालन समितिलाई परिचालन गर्न फेरी आर्थिक समिति समेत बनाएको छ। पार्टीको कोषाध्यक्ष मौसम राइको संयाजकत्वमा बनेको समितिमा टिकाराम बुढाथोकी र प्रकाश थापा सदस्य रहेका छन।

मूल निर्वाचन परिचालन समितिले जिल्लाका आठै पालिकामा निर्वाचन परिचालन समिति बनाउने सचिव कटुवालले बताए।

४ दलिय गठबन्धनमा उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रतिनिधि सभा नेपाली कांग्रेस, प्रदेस (क) माओवादी र प्रदेस ( ख ) नेपाली कांग्रेसको भागमा परेको छ । यता क्षेत्र नं २ मा एकीकृत समाजवादी, प्रदेश (क) माओबादी र प्रदेश (ख) कांग्रेसको भागमा परेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]