‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
शुक्रबार, कार्तिक ०४, २०७९

उदयपुर । त्रियुगा नगरपालिका ७ को श्री जनज्योती माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विद्यालयका हामी स्वयंसेवी समूहले आयोजना र कार्यान्वयन समितिको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा हामी स्वयंसेवी अभियानको बारेमा जानकारी गराइएको थियो । अभियानले विद्यालय स्तरमा गर्ने काम, कर्तव्य, अधिकार, उद्देश्य र यसको महत्वका विषयमा जिल्ला संयोजक उर्मिला आचार्यले स्पष्ट पारिन ।

विद्यालयको कार्यान्वयन समितिका संयोजक तथा प्रधानाध्यापक धर्मानन्द खतिवडा, शिक्षक नायक किर्ती बहादुर खड्का र महिला शिक्षक जेन्डर फोकल पर्शन निर्मला कुमारी राउतको उपस्थितीमा समूहले गर्ने विभिन्न कार्यक्रमको कार्य योजनाको विषयमा समेत छलफल भएको थियो ।

विद्यालयको हामी स्वयंसेवी समूहको नेतृत्वमा हुुने सबै कार्यक्रम विद्यालयले जिम्मेवारीका साथ सबै खालको सहयोग गर्ने प्रधानाध्यापक धर्मान्द खतिवडाले प्रतिबद्धता व्यक्त गरे ।

‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमले १ नम्बर प्रदेश सरकारको महत्वकाक्षी कार्यक्रम हो । अभियानले विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन सहजिकरण गर्नेछ ।

आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले सञ्चालनको जिम्मेवारी पाएको हामी स्वयंसेवी अभियान कार्यक्रमको लक्षित उद्देश्य पुरा गर्न प्रदेशका प्रत्येक माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी समूह’ गठन हुँनेछ । कक्षा ९ देखि १२ पढ्ने (१३ देखि १९ वर्षका किशोर किशोरी) छात्रछात्राको सहभागीतामा समूह बनाई विद्यालय स्तरमै विभिन्न अतिरिक्त क्रियाकलाप मार्फत विद्यालर्थीहरूलाई नेतृत्वको सीप दिनेछ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry