उदयपुर जिल्लाको पहाडी गाउपालिका लिमचुङबुङको वडा नं २ साविकको ताम्लिछा गा.वि.स. वडा नं २ मा बुवा दिप नरसिंह कार्की र आमा भक्तमाया कार्कीको चौथो सन्तानको रुपमा २०२५ सालमा जन्म लिएका हिमाल कार्की उदयपुरको राजनीतिमा सबै भन्दा परिचित र लोकप्रिय नेता हुन ।
प्राथमिक तह सम्म गाउमा पठनपाठन गरेका कार्कीले माध्यमिक तह उदयपुरको सदरमुकाम स्थित त्रियुगा नमुना मावि बाट उतिर्ण गरे। पारिवारिक पृष्ठभुमि पनि राजनीतिक भएका कारण सानै उमेर देखि राजनीतिक चेतना उनमा थियो ।
२०४२ सालमा शंकरदेव क्याम्पसबाट नेविसंघको राजनीति गर्दै नेविसंघ उदयपुर जिल्ला सहसचिव भएर नेपाली कांग्रेसको मुल प्रवाहको राजनीतिमा आएका नेता कार्की तत्कालिन भुमरसुवा गाविसको सभापति भएर पार्टीको संगठनमा लागे । तत्कालीन भुमरसुवा सहित देउरी र गाइघाट गा.वि.स मिलेर त्रियुगा नगरपालिका बने पछि नेपाली कांग्रेस त्रियुगा नगरको पहिलो नगर सचिव भए ।
२०५४ सालको स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिका वडा नं ७ तत्कालीन वडा नं १३ को निर्वाचित वडा अध्यक्ष भएर जनताको सेवामा लागेका कार्की जिल्लाको पार्टी सहसचिव हुँदै सचिव भए ।
पार्टीको १२ औं अधिबेशनमा तत्कालीन पार्टी सभापति बिदुर बस्नेतसंगको आन्तरिक प्रतिस्पर्धामा बिजयी बनेर नेता कार्की उदयपुर कांग्रेसको सभापति बने । पार्टीको १३ औं अधिबेशनमा उनै बस्नेत सँग थोरै मतान्तरले सभापति बन्न चुके पछि पार्टी संगठनमा आफ्नो प्रभाव बढाउदै जनताको सेवामा लागे ।
२०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धन विरुद्ध चुनावमा होमिएर वाम गठबन्धनलाई मात दिदै प्रदेश सभा सदस्यमा बिजयी बने पछि प्रदेश १ को नेपाली कांग्रेसको संसदिय दलको उपनेता बने । प्रदेशमा वामगठबन्धनको एकल बहुमतले सरकार बन्यो । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा रह्यो । प्रमुख प्रतिपक्षी दलको उपनेताको हैसियतमा उनले प्रदेश सभामा सदैव जनताका मुद्दालाई प्राथमिकतामा राखेर आवाज उठाए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे पछि उनका बिरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र नेकपा एकीकृत समाजबादीले मोर्चाबन्दी गर्दै ७ प्रदेश सहित संघमा समेत सरकार परिवर्तन गर्यो। प्रदेश १ सरकारमा नेकपा एकीकृत समाजबादीको नेतृत्वमा सरकार बन्यो । जसमा कार्किकै नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी बन्यो ।
उनी प्रदेश १ सरकारको सडक पूर्वाधार तथा शहरी बिकास मन्त्री बने । उनले १४ जिल्ला समेटिएको प्रदेश १ को मन्त्री भए पश्चात भौतिक पूर्वाधार तर्फ अन्य जिल्ला भन्दा बढी बजेट आफ्नो जिल्ला आफ्नो निर्वाचन क्षेत्रम पारेर बिकासबादी नेताको रुपमा आफुलाई प्रस्तुत गरेका छन । बिगत ५ बर्ष भरिको समग्र बजेट भन्दा आफू मन्त्री भए पछि एकै आर्थिक बर्षमा त्यसको दुई गुणा बढी बजेट आफ्नो निर्वाचन क्षेत्रमा पारे पछि उनको बिकल्प नभएको यस क्षेत्रका बासिन्दाको भनाई छ ।
पार्टीको १४ औं अधिबेशनबाट पुनः पार्टीको नेतृत्व सम्हाले पछि गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई जिल्लाको सवै भन्दा ठुलो पार्टी बनाउन सफल भएका छन । अघिल्लो स्थानीय निर्वाचनमा एक मात्र स्थानीय तह जितेकोमा पार्टीको सभापति भए पछि जिल्लाका ३ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुखलाई जित दिलाउन सफल भएका छन ।
नेता हिमाल कार्की प्रदेश सभा निर्वाचनको दोस्रो इनिङमा बिजयी भएर जाँदै गर्दा प्रदेश १ सरकारको मुख्यमन्त्री दौडको पहिलो प्रतिस्पर्धि हुन । आफूले मत दिएर जिताएको प्रतिनिधि मुख्यमन्त्री भएमा समग्र उदयपुर र यस निर्वाचन क्षेत्रको भौतिक, राजनैतिक, सामजिक सहित सर्वाङ्गिण बिकास हुनेमा समेत बिश्वास योग्य व्यक्ती हुन हिमाल कार्की ।
तल्लो लेवलका जनता सँग सम्पर्कमा रहने नेता कार्की कांग्रेस पार्टी भित्र मात्र नभएर अन्य पार्टीका नागरिक सँग पनि उतिकै लोकप्रिय छन । अहिलेको सत्तागठबन्धनको साझा उम्मेदवारको रुपमा उनलाई एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाल समाजबादी पार्टी (बाबुराम)को दर्विलो र बिश्वासिलो साथ छ ।