

उदयपुर । ५४७.४३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको त्रियुगा नगरपालिकामा एक लाख बढी मानिसहरु बसोबास गर्दछन । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर रौतामाई बाट सिंचित यस पवित्र भुमिमा पुर्ण रुपमा सेवाको भावाना लिएर यहाँका ६० हजार बढी मत दिन योग्य नागरिकहरुबाट अनुमोदित हुन नेपाली कांग्रेसका नेता हिमाल कार्की आम नागरिकका घर घर पुगिरहेका छन ।
नेता कार्कीले २०७४ मा वाम गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै बिजय भएर त्रियुगा नगरको समग्र बिकासमा अग्रणी भुमिका निभाएका छन । आफ्नो ५ बर्षे संसदीय कार्यकालमा देशको राजनीतिक घटनाक्रमले नेता कार्कीलाई संसदबाट मन्त्री समेत हुने अवसर दियो । आफू मन्त्री भए पछि नेता कार्कीले त्रियुगाको बिकासका लागि २ अर्व बढी बजेटको सुनिश्चितता गरेर त्रियुगा नगरको बिकासमा आफुलाई अब्बल बनाएका छन ।
जनता बाट निर्वाचित भए पछि तिनै जनताका साथमा रहेर उनिहरुको मतको सम्मानका साथ सेवाको भावानामा तल्लिन रहदै खाने पानीको अभाव भए ठाउँमा खाने पानीको प्रवन्ध गरे भने सडक सञ्जाल नभएका ठाँउमा सडक, बजार एरियामा भएका धुलाम्मे सडकमा कालोपत्रे गर्ने, कृषिलाई व्यावसायिक बनाउन सिंचाईको व्यबस्था, गरिविको रेखामुनी रहेका मुसहर समुदायको सर्वाङ्गिण बिकासमा लागि करोडौको बजेटको सुनिस्चितता गरेका छन ।
त्रियुगा नगरपालिका भरिका मुसहर समुदायको बिकासका लागि यहीँ आर्थिक बर्षमा त्रियुगा नगरपालिका संगको समन्वयमा १ करोड बढी बजेटको व्यबस्था गरेर आफुलाई गरिव तल्लो वर्गको नेताको रुपमा स्थापित गराएका छन । उदयपुर जिल्ला भर र यस नगरका फुसका छाना हटाउन करोडौंको बजेटको व्यबस्था गर्दै नागरिकको गाँसबास कपास पाउने अधिकारको सुनिस्चितता गरेका छन ।
त्रियुगा नगरपालिका संगको सहकार्यमा नगरले अघि बढाएको त्रियुगा रिङरोड र सहरी विकासको परियोजनालाई सम्पन्न गर्न आफै मन्त्री रहेको मन्त्रालयबाट करोडौको योजना ल्याएर कुनै सडक निर्माणधीन अवस्थामा छन भने कुनै ठेक्का लाग्ने अवस्थामा छन ।
नदि कटानको ठूलो समस्या झेली रहेका त्रियुगा बासीको समस्या समाधानका लागि आबस्यक बजेटको प्रबन्ध गरि नदिको कटान रोक्न तटबन्द गरेर नदि नियन्त्रणलाई दीर्घकालीन बनाउदै आएका छन ।
यस क्षेत्रका जनताले जिताएको खण्डमा पदेश १ सरकारको मुख्यमन्त्रीको दावेदार हुन नेता कार्की। आफ्नो क्षेत्र आफ्नै ठाउको व्यक्ति प्रदेश सरकारकै मुख्य मन्त्री बन्दै गर्दा यहाँका जनताले बिकासको मात्र हैन सुशासन देखि लिएर विभिन्न सुबिधा पाउने छन्।