उदयपुर युनियनमा प्रवेश गर्नेको ओइरो

Solution Khabar आइतबार, कार्तिक २०, २०७९ समय 01:11:40

उदयपुर।  नेपाल निजामती कर्मचारी युनियन उदयपुरले विभिन्न अन्य संगठनमा आबद्ध रहेका र स्वतन्त्र रहेका कर्मचारीहरुलाई युनियनमा स्वागत गरेको छ।

युनियनले आइतबार उदयपुरको सदरमुकाम गाईघाट स्थित ग्रिन सिटि पार्टी प्यालेसमा जिल्लामा रहेका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुलाई युनियनमा आबद्ध गराएको हो।

जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३० कर्मचारीहरुलाई नेपाली कांग्रेस उदयपुरका कार्यवाहक सभापति भिमचन्द्र राइले सदस्यता प्रदान गर्दै युनियनमा स्वागत गरेका हुन्।

त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले खादा पहिर्याएर उनीहरुलाई सम्मान गरेका थिए भने नेपाल निजामती कर्मचारी युनियन उदयपुरकी अध्यक्ष भगवती खतिवडाले अविर लगाएर स्वागत गरिन।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा त्रियुगा नगरपालिका प्रमुख बस्नेतले प्रक्रिया भन्दा पनि परिणाम देखिने गरी काम गर्नुपर्ने र जनतालाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन युनियनले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे।

पेशागत हकहित र सुरक्षाका लागि खडा भएको युनियनले कसैलाई पाखा र कसैलाई काखा नपार्ने  गरि काम गर्ने कर्मचारी युनियनका प्रदेश १ का अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मान बहादुर वनले बताए।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण कर्मचारी युनियनका महाधिवेशन प्रतिनिधि तेज बहादुर पोखरेलले गरेका थिए ।

 

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।