उदयपुरमा सत्तारुढ गठबन्धन सफल भएको निस्कर्ष

Logo
आइतबार, कार्तिक २७, २०७९

उदयपुर । सत्तारुढ पाँच दलिय गठबन्धनले उदयपुरमा स्थानीय तह निर्वाचनमा सफल भएको बताएको छ । उदयपुरका ८ पालिका मध्य ६ पालिकामा ५ दलिय गठबन्धन र २ पालिकामा माओबादी र नेकपा एकीकृत समाजबादी बीच भएको गठबन्धन सफल भएको बताएका हुन ।

स्थानीय तह निर्वाचनमा उदयपुरका ६ पालिकामा भएको गठबन्धनमा सवै पालिकाका प्रमुख गठबन्धनका उम्मेद्वारले जित निकालेका छन । दुई पालिकामा भने प्रमुख जिते पनि उपप्रमुख भने गुमाउन परेको छ ।

यस अघि एमालेले जितेका रौतामाई र ताप्लीमा गठबन्धन तर्फबाट नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको छ । यस्तै लिम्चुङ्गबुङ्गमा पुन माओबादीले जित निकालेको छ भने उदयपुरगढ़ीमा एकीकृत समाजबादीले जित निकालेको छ ।

यस अघि एमालेले जितेको कटारी र बेलका नगरपालिकामा गठबन्धनले प्रमुखमा जित निकालेको छ भने उपप्रमुख भने गुमाएको छ । चौदण्डी र त्रियुगामा भने ५ दलीय गठबन्धन थिएन । यी दुई पालिकामा नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीले गठबन्धन गरेका थिए ।

माओबादी र एस मिलेर गरेको गठबन्धनले नतिजा आफ्नो पक्षमा ननिकाले पनि गठबन्धनमा आएको भोट उत्साह जनक भोट आएको निस्कर्ष निकालेको छ । गठबन्धनले जिल्ला समन्वयमा बहुमत सहित बिजयी हाँसिल गरेको छ ।

स्थानीय निर्वाचनमा गठबन्धन सफल भएकाले अहिलेको प्रदेश र संघमा पनि गठबन्धन सफल हुनेमा आफुहरु बिश्वस्त रहेको नेकपा माओबादीका नेता बताउछन। “गठबन्धनका बलमा माओबादीले ३ पालिकामा प्रमुख जितेको छ, एसले एक र कांग्रेसले दुई पालिकामा प्रमुख जितेको छ।” ति नेताले भने, “एक स्थानको निर्वाचन परिणाम लाई लिएर भन्दा पनि समग्र जिल्ला भरिको परिणामलाई लिएर विश्लेषण गर्दा गठबन्धन उदयपुरमा सफल भएको छ।”

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]