सुमन सागर बेलका । बेलका नगरपालिकाले बंगलादेशमा सम्पन्न अन्डर १५ उमेर समुहको महिला साफ फूटबलमा बिजेता बनेका बेलका नगरपालिका स्थाई घर भएका दुई जना र झापा अर्जुनधार नगरपालिका घर भएकी १ जना खेलाडिलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बेलका नगरपालिका नगरप्रमुख अशोक कार्कीले बेलका नगरपालिका स्थाई घर हुने समीक्षा मगर र दिपा मगरलाई जनही २५ हजारका दरले चेक हस्तान्तरण गरेका छन भने झापा घर हुने रेणु लिम्बुलाई ५ हजार नगदले सम्मान गरेका छन ।
खेलाडिलाई काठमाडौ बाट बिराटनगर सम्म नगरकै खर्चमा विमान मार्फत ल्याइएको र बेलका ८ कोशी पुल बाट स्थानीयको उपस्तिथिमा फुलमालाले सम्मान गरि नगर परिक्रमा गरिएको थियो।
खेल र खेलाडिको दिगो ब्याबस्थापनमा बेलका नगर सरकार सधै सकारात्मक रहेको र आगामी दिनमा हरेक बिधाका खेल र खेलाडिको संरक्षण गर्दै खेल क्षेत्रलाई अग्रणी रुपमा बिकास गर्ने समेत नगर प्रमुख कार्किले बताए।
“खेलले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, स्वास्थ्य राम्रो हुने र अनुसाशित सब्य समाज निर्माणमा योगदान समेत पुर्याउने र्गछ ।” मेयर कार्कीले भने, “यसैले हौसला र प्रोत्साहन स्वरुप सम्मान कार्यक्रम राखिएको हो । राष्ट्रिय खेलमा बेलका नगरपालिकाका खेलाडीले खेलेर जित हासिल गर्नु भएको छ । उहाँहरु नगरकै गहना हुनुहुन्छ।”
सम्मान कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पर्वत दाहाल लगायत स्थानिय बासिको उपस्तिथि रहेको थियो।