आचारसंहिता विपरीत उदयपुरमा सरकारी कर्मचारी चुनाव प्रचारमा, हुन सकेन कारवाही

Logo
बुधबार, कार्तिक ३०, २०७९

उदयपुर । निर्वाचन आचार संहिता विपरित सरकारी कर्मचारीहरू खुलेरै भोट माग्न हिड्ने गरेको पाइए पनि निर्वाचन आयोगले उदयपुरमा कारवाही चलाउन सकेको छैन ।

निजामती सेवा, सरकारी संस्थान तथा सरकारी विद्यालयमा शिक्षण पेशामा सरकारी कर्मचारीका रूपमा कार्यरत अधिकांस कर्मचारी खुलेरै भोट मागिरहेको भए पनि निर्वाचन आयोगले कारवाही गर्न नसकेको पाइएको हो ।

निर्वाचन आचार संहिता उलंघनमा नेकपा एमाले सम्बद्ध कर्मचारी बढी सकृय पाइएको छ। आज नेकपा एमालेले उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा गरेको चुनावी र्याली तथा घर दैलो अभियानमा नगरपालिकामा कार्यरत एमालेका कर्मचारीहरु सक्रिय भएर निर्वाचन आचारसंहिता विपरित भोट माग्दै हिडेको पाइएको छ।

उदयपुर क्षेत्र नम्बर १ को चुनावी अभियानमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन भन्दै ब्यानर सहित लिएर घरदैलो,र्याली र कोण सभामा त्रियुगा नगरपालिकाको उद्यम विकास शाखामा कार्यरत कर्मचारी अजन्ता पौडेल र राजश्व साखाका कर्मचारी गुरु ढकाल हिडेको पाइएको हो।

यस अघि नै निर्वाचन आयोगले निर्वाचन आचार संहिताविपरीत काम गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको छ। आयोगले सूचना जारी गर्दै कार्यालय प्रमुखहरूलाई आचार संहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ।

आयोगले त्यस्ता कर्मचारी, शिक्षक तथा अन्य व्यक्तिलाई विभागीय कारबाही प्रारम्भ गर्न निर्दशन दिनुका साथै आयोगको निर्देशनबमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोग सचिवालयले कारबाही गर्ने चेतावनी समेत दिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।