नेकपा एमाले भित्रको आन्तरिक विवाद निर्वाचनमा देखिन थाल्यो, मञ्जुलाई छाडेर आफुलाई मात्र मत माग्दै इश्वरमणी राउत

Logo
सोलुसन ब्युरो बिहिबार, मंसिर ०१, २०७९

उदयपुर । नेकपा एमाले भित्रको पहिलेको आन्तरिक विवाद अहिले निर्वाचनमा देखिन थालेको छ । एमाले विभाजन अगाडी ओली र माधव नेपाल समुहमा रहेका नेता तथा कार्यकर्ता बीच अविश्वास देखिन थालेको हो ।

एमालेभित्र लामो समय अध्यक्ष केपी ओली विरोधी कित्तामा उभिएका इश्वरमणी राउत अहिले उदयपुर क्षेत्र नं १ को २ मा प्रदेश सभा सदस्यको उम्मेद्वार रहेका छन्। उदयपुरका एमाले नेता मध्य ओलीको सबै भन्दा निकट मानीने मञ्जु चौधरी प्रतिनिधि सभाको उम्मेद्वार रहेकी छन ।

ओली निकट मानिने मञ्जु र इश्वरमणी बिच पार्टीको मत माग्ने क्रममा एकले अर्कोलाई मत नमाग्ने गरेको एमालेका एक कार्यकर्ताले बताए । इश्वरमणीले एक भोट डा नारायण खड्कालाई र एक भोट आफुलाई दिन आग्रह गर्दै मत माग्ने गरेको ति कार्यकर्ताले सुनाए ।

“हाम्रो उम्मेद्वारमा पहिलेको धङ्गधङ्गे गएको रहेनछ ।” ति कार्यकर्ताले भने, “पहिले उहाँले साथ दिनु भएका नेताहरु पार्टी फुटाएर जानु भयो अवत अव त्यो सोच छैन होला भनेको हटेको रहेनछ।”

ओलीले संसद बिघटन गर्दा त्यसको बिरुद्ध खरो उत्रीयका राउत माधब नेपालले पार्टी फुटाएर गए पछि एमालेमा नै बसेका हुन । पार्टी अध्यक्षको जिम्वेवारीमा रहेका राउतले माधव नेपालको पक्षमा लाग्दा आफ्नो अध्यक्ष पद समेत गुमाउनु परेको थियो ।

लेखा परिक्षण (अडिटर) संगसंगै राजनीति गर्ने राउतले गरेका लेखा परिक्षण रिपोर्ट अपुष्ट र विवादित हुने गरेका छन । त्रियुगा उद्योग बाणिज्य संघको लेखा परिक्षण गर्दा दुई किसिमको रिपोर्ट दिएका कारण बाणिज्य संघको विवाद अहिले सम्म सुल्झेको छैन।

नेकपा एमाले उदयपुरको टिकट वितरणमा समेत यहाँका नेताले टिकट पाउनेले आकांक्षीलाई र आकांक्षीले टिकट पाउनेलाई हराउने सम्मको चेतावनी र तल्लो स्तरमा उत्रियर गाली गलौज सम्म गरेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।