अमेरीकाको न्युयोर्क सिटी महानगरका नगर प्रमुख एरिक एडम्स र त्रियुगा नगर प्रमुख बसन्त बस्नेत बीच आज अन्तरक्रिया

Solution Khabar बुधबार, मंसिर ०७, २०७९ समय 03:11:20

उदयपुर । नेपालका महानगर, उपमहानगर र विकसित नगरहरूका प्रमुखहरु र अमेरीकाको न्युयोर्क सिटी महानगरका नगर प्रमुख एरिक एडम्स बीच आज अन्तरक्रिया भएको छ।

नगर प्रमुख एडम्ससँग विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, बुटवल उप महानगरपालिकाका मेयर खेलराज पाण्डे, त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, धनगढीमाई नगरपालिकाका मेयर शंकरले जुम मिटिंग मार्फत अन्तरक्रिया सम्पन्न भएको हो।

एक घण्टा सम्म गरिएको अनलाइन जुम मिटिङ्गमा सहभागीहरुले न्युयोर्क सिटी महानगरका नगर प्रमुख एरिक एडम्सलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागी हरुले एकापसमा हुनसक्ने व्यापार, सामाजिक, शैक्षिक एवं साँस्कृतीक आदान-प्रदान लगायतका साझेदारीमा आधारीत परीयोजनाहरूकाे बारेमा कुराकानी भएको त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिए

कार्यक्रममा न्युयोर्क सिटीका मेयर एरिक आडम्स, मेयर आडम्सको सचिवालयका उप आयुक्त आसता क्यामरा,
मेयर आडम्सको सचिवालयका अन्तराष्ट्रिय मामिला आयुक्त ईडवार्ड मर्मेलस्टेन्, मेयर आडम्सको सचिवालयका अन्तराष्ट्रिय मामिला उप आयुक्त दिलीप चौहान, जीपी फाउन्डेसन अमेरिकाकाका सभापति सोमनाथ घिमिरे समेत सहभागी थिए।

सभापति सोमनाथ घिमिरेले जुम अनलाइन मिटिंगको अन्तराष्ट्रिय मामिला उप आयुक्त दिलीप चौहानले आयोजना गरेका थिए भने जीपी फाउन्डेसन अमेरिकाकाका सभापति सोमनाथ घिमिरे सहजकर्ताको रुपमा थिए ।

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।