माननीयमा निर्वाचित हुन साथ हिमाल कार्की जनताका घरमा

९ बर्षीय अशक्त वालकलाई व्हिल चियर वितरण गरेर आफ्नो दोस्रो कार्यकालको सुभारम्भ
Logo
खेमराज दाहाल शनिबार, मंसिर १७, २०७९

उदयपुर । भर्खरै सम्पन्न निर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हिमाल कार्कीले अशक्त एक वालकलाई व्हील चियर वितरण गरेर आफ्नो प्रदेश सभा सदस्यको दोस्रो कार्यकालको सुरुवात गरेका छन्।

निर्वाचित भए पछि मत दिएका जनताका घर घरमा पुगेर धन्यबाद ज्ञापन गरि रहेका कार्कीले त्रियुगा नगरपालिका वडा नं ८ का ९ बर्षीय समिर दनुवारलाई व्हील चियर वितरण गर्दै आफ्नो दोस्रो कार्यकालको सुखद सुरुवात गरेका हुन् ।

जन्मदै अपाङ्ग र असक्त जन्मियाका समिर ९ बर्ष पुगे पनि अचेत जस्तै छन् । न उनको मुखमा बोली छ न उनको स्मरण शक्ति नै । अगाडी देखेको मान्छेलाई हेरेर पिल्ल आँखाबाट आँसु खसाउन बाहेक समिरको शरीर चल्दा पनि चल्दैन।

गोपाल दनुवार र सन्जा दनुवारको पहिलो सन्तानको रुपमा जन्मिएका समिरको हेरचाहमा नै उनकी आमाको दिन जान्छ। गरिव परिवार दिनभर कम नगरे बेलुकाको छाक टर्दैन तर समिरकी आम समिरलाई छाडेर काही हिड्नै पाउदिनन ।

माननीय हुन साथ कार्कीले व्हील चियर सहयोग गरेको प्रति आभार व्यक्त गर्दै समीरका बुवा गोपालले पंतिकारसंग अनुरोध गर्दै भने, ” यसो कतै हिडाउन व्हिल चियर त भयो यो बाबुलाइ दिसा पिसाव गराउन समस्या भएको छ कुनै त्यस्तो साधन भए स्थानीय सरकार संग पहल गरि दिनुस न ।”

उनले भनेको समस्या ठुलो थिएन तर उनको जुन भावना थियो त्यो सायद हामिले गरेको कल्पना भन्दा माथी थियो । तत्काल मैले त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतलाई सम्पर्क गरे उहाँले मेरो प्रस्ताव स्याबासीका साथ स्वीकार गर्दै त्यसको लागि आवस्यक साधन उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]