युवालाई गाउमै रोजगारी सिर्जना गर्न त्रियुगा नगरपालिकाले थाल्यो ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

Logo
खेमराज दाहाल बुधबार, मंसिर २१, २०७९

गाईघाट । गाउमै युवाहरुलाई रोजगारी सिर्जना गर्ने उदेश्यले सुरु भएको‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ १४ नं. वडाबाट सुरु भएको छ। त्रियुगा नगरपालिकाको चालु आर्थिक वर्ष ०७९–८० को कार्यक्रम मंगलबार साउनेमा आयोजित एक कार्यक्रम मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।

वडा नं १४ ले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न वडाका २० जना कामदार छनौट गर्नुका साथै ९ लाख ५० हजार रकम विनियोजन गरेको वडाध्यक्ष हिमराज मगरले बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना’ चालु वर्ष १४ नं. मा २ वटा सञ्चालन हुनेछ। जस अनुसार पुमाङ कदमे खोला सिंचाई निर्माण र छतिवने बलौटे खोला बाँध रहेका छन्।

वडाध्यक्ष मगरका अनुसार मंगलबार ती योजनामा काम गर्नका लागि वडा बासी लाभग्राही सूचिकृत बेरोजगार व्यक्तिहरूलाई १ दिने कार्यस्थल अभिमूकिकरण सम्पन्न गरी परिचयपत्र वितरण गरिएको छ। त्रियुगा नगरप्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले सूचिकृत लाभग्राही कामदारहरूलाई एक कार्यक्रमका बिच संयुक्त रुपमा परिचयपत्र वितरण गरे।

परिचयपत्र वितरण गर्दै मेयर बस्नेतले स्थानीय बेरोजगारहरूलाई गाउँघरमै रोजगारी सिर्जना गरी युवाहरू विदेश पलायन हुनबाट रोक्न यो कार्यक्रम सञ्चालन गरिएको बताए। मेयर बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले सानो लगानीले पनि ठुलठुला योजनाहरू सम्पन्न गर्न र बेरोजगारलाई गाउँमै काम पाउन सहयोग पुगेको बताए।

नगरपालिकाका अन्य वडाहरूमा पनि त्यस्तै बेरोजगारलाई रोजगारी र स्थानीय विकास निर्माणमा टेवा पुग्ने योजनाहरू सञ्चालन गर्ने योजना रहेको मेयर बस्नेतले जानकारी दिए। त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा ७ सय ४४ महिलासहित १ हजार २ सय ९५ श्रमिक सूचिकृतगरेको मेयर बस्नेतले जानकारी दिए ।

“सुचिकृत भएका सवैलाई १०० दिन सरकारले तोकेको मापदण्ड अनुसार उनीहरु सबैलाई नगरपालिकाले १ सय दिन रोजगारी दिन्छ।” मेयर बस्नेतले भने, “यसका लागि नगरले चालु वर्षमा ७१ लाख ९९ हजार रकम छुट्याइएको छ।”

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]