संगीत मय बन्दै उदयपुर

Logo
बिहिबार, मंसिर २२, २०७९

उदयपुर । तीनतले संगीत केन्द्र कटारीले कटारी र उदयपुरको सदरमुकाम गाईघाटमा संगीत बिद्यालय स्थापना गरेर साना वालवालिकाहरुलाई संगीत सिकाई रहेका छन । अमेरिकाको सहयोगमा परिवर्तनका लागि संगीत कार्यक्रम मार्फत जिल्ला भर ३ सय बढी बिद्यार्थीलाई संगीत शिक्षा सिकाई राखिएको छ।

संगीत शिक्षामा बिद्यार्थीहरुलाई गीतसँगै हार्मोनियम, मादल, ढोलक, तबला, गीतार, बाँसुरीलगायतका बाद्यबाधन बजाउन सिकाउने गरेको संगीत विद्यालयका शिक्षक शैलेन्द्र खतिवडाले बताए।

बिद्यालय समयको एक पिरियोड लिएर संगीतमा इच्छा हुने बिद्यार्थीलाई उनीहरुको रुचि र क्षमता अनुसार संगीतका विभिन्न विधाहरुमा अलगअलग गरेर सिकाई रहेको शिक्षक खतिवडाले बताए।

“मादल बजाउनेलाई एउटा क्लास, गितार बजाउनेलाई एउटा क्लास, हार्मोनियम बजाउनेलाई अर्को क्लास गरेर अलग गरेर पढाउदै छौ” शिक्षक खतिवडाले भने, “यहाँ संगीत सिक्न आएका बिद्यार्थीको बिद्यालयको पढाई पनि संगीतमा लागे पछि राम्रो भएको छ त्यसैले हाम्रो यो संगीत शिक्षालाई परिबर्तनका लागि संगीत भन्ने गरेका छौ।”

विभिन्न कुलतमा फसेकाहरुलाई समेत संगीतले सहि बाटोमा ल्याउन मदत गर्ने हुँदा दुर्व्यसनीले जरो गाडेको हाम्रो जिल्लामा संगीत शिक्षाले त्यसको न्यूनीकरण हुनेमा आफुहरु विश्वास्त रहेको शिक्षक खतिवडाले प्रष्ट पारे।

संगीत सिक्न गएकी १२ बर्षीय श्रेया अधिकारी लय हालेर गित गाउने मात्र हैन मादल र हार्मोनियम मजाले बजाउछिन । उनै श्रेयाका भाई ७ बर्षीय श्रनव अधिकारी संगीत भने पछि झन् हुरुक्क हुन्छन । मादल हार्मोनियम बजाउदै गित गुन गुनाउदा उनि संगीतमा यसरी डुब्छन की उनि भोक लागेको पनि थाहा पाउदैनन।

संगीत सिक्न टाढा टाढा जानु पर्ने बाध्यता हटेर आज आफ्नै घर नजिक संगीत सिक्न पाएकोमा श्रेया र उनका भाई जस्तै सयौ वालवालिका अहिले खुसी छन्। २०७८ फागुनबाट औपचारिक रुपमा शिक्षा दिरहेको तिन तले सगीत केन्द्रले बिगत १२ वर्ष देखी संगीत सिकाउदै आइरहेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।