प्याराग्लाईडिङ उडाउने पाइलट उत्पादन गर्न गाइघाटमा आए प्रशिक्षक

Logo
शुक्रबार, मंसिर २३, २०७९

उदयपुर । पर्यटकीय र शाहासिक खेलको रुपमा विकसित हुँदै आएको प्याराग्लाईडिङ्ग उडाउने पाइलट उत्पादनका लागि उदयपुरको गाइघाटमा प्रशिक्षक हरु आईपुगेका छन । उडानका लागि नागरिक उड्डयनवाट अनुमती प्राप्त भई परिक्षण उडान समेत सफल भए पछि पाईलट उत्पादनका लागि प्रशिक्षक आएका हुन ।

यहाँ पाईलट उत्पादनका लागि स्कुल समेत सञ्चालन हुने भएको छ । नेपालमा प्याराग्लाईडिङ्गको चौथो स्कुल यहाँ स्थापना हुन लागेको हो ।

नगरलाई आधुनिक र उद्यमशील बनाउन पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाबाट १० किलोमिटर दुरि बाट प्याराग्लाइडिङ्ग उडाउने तयारी गर्दै सम्बन्धित संघसंस्थाहरु सँगको सहभागिता र सहकार्यमा संचालनको तयारी गर्न लागेको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताए ।

गाईघाटबाट २५ किलोमिटर दुरिमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गरि फर्किने पर्यटकलाई त्रियुगा नगरको सम्पुर्ण भुभाग सहित सप्तरी सिराहा सम्मका भुभाग देखिने त्रियुगा नगरपालिकाको नव उदय सामुदायिक वनमा प्याराग्लाइडिङको लागि स्टेसन बनाएर उडान गरिने मेयर बस्नेतले बताए ।

“गुणस्तरीय शिक्षा सर्वसुलभ उपचार, उद्यमशिल शहर, समुन्नत र समृद्ध त्रियुगा नगर हाम्रो उपहार” भन्ने नारा सहित त्रियुगा नगरपालिकालाई आजको शहर बाट आधुनिक सुबिधा सम्पन्न नगर बनाउने उदेश्य सहित मेयर बनेका बस्नेत नगरलाई आधुनिक र उद्यमशिल बनाउन विभिन्न सम्भावनाहरुको खोजी गरि रहेका छन ।

गुणस्तरीय शिक्षा र सर्वसुलभ उपचारका लागि मेडिकल कलेज स्थापना गर्ने लक्ष्य सहित लागि परेका मेयर बस्नेतले मेडिकल कलेज स्थापनाका केही आधार स्तम्वहरु तयार भै सकेको बताएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।