निर्माण व्यवसायी संघको अधिवेशन आजदेखी सुरु, अध्यक्षमा आचार्य सहित पुरानै कार्यसमितिलाई निरन्तरता दिने तयारी

Logo
बुधबार, मंसिर २८, २०७९

उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको अधिवेशन आजदेखी सुरु हुने भएको छ । अधिवेसनले ३ वर्षका लागी नयाँ कार्यसमिती चयन गर्ने छ । नेपाल निर्माण व्यवसायी संघको ८ औं अधिवेशन र १० औं साधारण सभा सत्रको उद्घाटन संघका केन्द्रिय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम तय भएको छ ।

कार्यक्रम रत्ना रिसोर्ट त्रियुगा नगरपालिका १० मा हुने भएको छ । अधिबेशनले यस अघिको कार्यसमितिलाई नै निरन्तरता दिदै बाँकी रहेका पदमा अन्य सदस्यहरु थप्ने गरि तयारी शुरु गरेको छ ।
अध्यक्ष पदका लागि प्रेम तिमसिनाले आकांक्षा राखे पनि पहिलो कार्यकालमा राम्रो काम गरेका कारण ७ औं अधिबेशन बाट अध्यक्षमा बिजयी कौशल आचर्यलाई नै कायम गर्दै सर्वसम्मत अगाडी बढ्ने तयारी भएको एक निर्माण व्यवसायीले बताए ।

“तिमसिना सहमतिमा नआए चुनाव हुन सक्छ अरुमा लगभग सहमती जुटी सकेको छ ।” उनले भने, “हामीले काम गर्ने कार्यसमिति र पदाधिकारी खोजेको पुरानो कार्यसमितिले चित्तबुझ्दो काम गरेको छ त्यो कार्यसमितिमा उहाँ (प्रेमजी) पनि हुनुहुन्छ । ”

उनका अनुसार अहिलेसम्म २ सय २ जनाको दर्ता तथा नविकरण भएको छ । हाल उदयपुर निर्माण व्यवसायी सँघमा २ सय ५१ सदस्य आवद्ध छ्न । अधिबेशनमा भाग लिन संस्था अनिवार्य नविकरण गरिएको हुन पर्दछ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]