त्रियुगा ११ को एक दिने स्वास्थ्य शिविरमा ३ सय ४९ जनाले लिए स्वास्थ्य सेवा

Logo
बुधबार, मंसिर २८, २०७९

गाईघाट । उदयपुर त्रियुगा नगरपालिका वडा नं ११ ले एक दिने स्वास्थ्य शिविर संचालन गरेको छ। महिला स्क्रिनिंग तथा स्तन क्यान्सर सचेतना सम्बन्धी एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो।

बिशेष गरि महिलाहरुलाई लक्षित गरि संचालन गरिएको शिविरमा ३ सय ४९ जनाले स्वास्थ्य सेवा लिएका छन् । ७ पुरुष सहित ३ सय ४९ जनाले स्वास्थ्य सम्बन्धी चेक-जाँच गराएको वडा अध्यक्ष सुमन्त कोइरालाले बताए।

शिविरमा ब्लड, सुगर, रक्तचाप लगायत अन्य स्वास्थ्य परिक्षण गरिएको थियो। शिविरको नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले उद्घाटन गरेका हुन।

ग्लोबल हेक्थ कमिटि, एनआरएन, उदयपुर जेसीजले उक्त शिविर संचालनका लागि समन्वय गरेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]