उदयपुर निर्माण व्यावसायी संघमा पुनः कौशल आचार्य

Logo
बिहिबार, मंसिर २९, २०७९

गाईघाट । उदयपुरमा जारी निर्माण व्यवसायी सँघको ८ औं जिल्ला अधिबेशन तथा १० औं साधारण सभाबाट कौशल आचार्य निर्वाचित भएका छन ।

“पूर्वाधार बिकास राष्ट्र निर्माणको आधार बनौं सर्वपक्ष जिम्मेवार” भन्ने मुल नाराका साथ नेपाल निर्माण व्यावसायी संघको ८ औं अधिबेशनबाट १३६ मत सहित आचार्य अध्यक्षमा बिजयी भएका हुन ।

मंसिर २८ र २९ गते सम्पन्न अधिबेशनमा अध्यक्ष सहित तृतीय उपाध्यक्षमा निर्वाचन भएको थियो भने अन्य पदाधिकारी सहित सदस्य निर्बिरोध निर्वाचित भएका छन । निर्वाचित अध्यक्ष आचार्य सँग निवर्तमान प्रथम उपाध्यक्ष प्रेम तिम्सिना प्रतिस्पर्धामा थिए । उनले ४९ मत पाएका छन ।

तृतीय उपाध्यक्षमा भएको निर्वाचनमा बिरेन्द्र खड्काले १२० मत ल्याएर बिजयी भएका छन भने उनिसँग प्रतिस्पर्धा गरेका चुल बहादुर मगरले ६४ मत ल्याएका छन ।

अन्य सर्वसम्मत हुनेहरुमा प्रथम उपाध्यक्षमा सुनिल कार्की, द्वतिय उपाध्यक्षमा शुभाष भट्टराई, महासचिवमा सुदिप दाहाल खत्री, सचिव कुल बहादुर राउत, कोषाध्यक्षमा अश्वीन खड्का र सह कोषाध्यक्षमा भुवन खड्का रहेका छन ।

यस्तै सदस्यहरुमा सीता कुमारी बस्नेत कार्की, मन्दिप राई, एक बहादुर कार्की, उद्वव बहादुर खत्री, राकेश खत्री, अनिल खड्का, बिनोद थापा, एल्वीन बस्नेत, गणेश कुमार राई, प्रमोद पोखरेल, सुनिल शाह, हेम दाहाल र अनिल आचार्य सर्वसम्मत निर्वाचित भएका छन ।

नेपाल निर्माण व्यवसायी संघको ८ औं अधिवेशन र १० औं साधारण सभा सत्रको उद्घाटन संघका केन्द्रिय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता र त्रियुगा नगरपालिका प्रमुख बसन्त बस्नेतको बिशेष आतिथ्यमा उद्घाटन भएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रवि सिंहले विकास निर्माणको काममा ढिलासुस्ती हुनुको कारण निर्माण व्यवसायी मात्रै नभएको भन्दै सरकारको विभिन्न नीति नियमका कारण पनि रहेको उल्लेख गरे । उनले कानुनी जटिलता र अन्य कारणले व्यावसायी अप्ठ्यारोमा परे संघले साथ दिने भए पनि आफ्नै लापारवाहीले ढिला सुस्तीले समस्या परे त्यसको संघले प्रतिरक्षा नगर्ने बताए।

यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिका प्रमुख बसन्त बस्नेतले देश निर्माणमा निर्माण व्यावसायीको मुख्य भूमिका हुने भएकाले काममा गुणस्तर कायम रहने गरि र समयमा काम सकिने गरि कार्य गर्न आग्रह गरे।

त्रियुगा नगरपालिकाले पनि निर्माणका कामलाई सजिलो र छिटो बनाउन नीति ल्याउन लागेको उल्लेख गर्दै मेयर बस्नेतले व्यावसायीलाई पनि नीति नियमका कारण अप्ठ्यारोमा पार्न नहुने बताए ।

यस्तै नव निर्वाचित अध्यक्ष आचार्यले आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन सवै व्यवसायीलाई समान व्यवहार गरेर सर्वसम्मत निर्णय गराउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

(नोट: प्रथम उपाध्यक्ष सुनिल कार्की हुन पर्नेमा नवीन कार्की भएकोले सच्याइएको छ । सम्पादक )

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।