त्रियुगा १ जोगिदहमा निःशुल्क आँखा तथा कान परीक्षण शिविर सम्पन्न,

३ सय ४८ वालवालिकाको परिक्षण, १५ जनालाई थप उपचार गर्न चौधरी आँखा अस्पताल लाहान रिफर, त्यहाँ पनि निशुल्क उपचार हुने
Logo
शुक्रबार, पुष ०१, २०७९

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ ले एक दिवसीय निःशुल्क आँखा तथा कान परीक्षण शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरको प्रमुख अतिथि त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राइले  उद्घाटन गरेकी थिइन।

शिविरमा ६ महिना देखि १२ बर्ष सम्मका वालवालिकाहरुको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको हो।

त्रियुगा नगरपालिका जोगीदह स्थित जनप्रेमी मा.वी.मा चौधरी आँखा अस्पताल लाहानको प्राविद्यिक सहयोगमा आयोजित उक्त शिविर ३ सय ४८ वालवालिकाको आँखा तथा कान परीक्षण गरिएको थियो।

परिक्षणका क्रममा १ जनालाई मोतिया बिन्दु, ८ जनालाई दृष्टि दोष, ४ जनालाई आँखा टेडो (स्कुइन्ट) ८ जनामा आँखा पाकेको र २ जनामा जल बिन्दुको समस्या देखिएको शिविर प्रमुख  डाक्टर राज कुमार यादवले जानकारी दिए।

आँखा पाकेकालाई परीक्षण पछि निशुल्क औषधी उपलब्ध गराइएको र अन्य १५ जनालाई चौधरी आँखा अस्पताल लाहान पठाएर निशुल्क उपचार गरिने वडा अध्यक्ष मनोज कुमार चौधरीले जानकारी दिए।

अहिले प्राविधिको जमानाले गर्दा बच्चाहरु सानै देखि मोबाइल र टिभीमा बढी ध्यान दिने हुदा बच्चाहरुमा आँखाको समस्या हुन सक्छ जुन कुरा बच्चा र अभिभावकलाई समेत जानकारी नहुने भएकाले त्यस्तो समस्यालाई समाधान गर्न आँखा शिविरको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए।

“अहिले हामीले ६ महिना देखी  १२ वर्षा सम्मका वालावालिकामा मात्र परीक्षण गरायौ” अध्यक्ष चौधरीले भने, अब एक महिना पछि सवै उमेर समूहकालाई परीक्षण गराएर यहिँ अप्रेसन र उपचार समेत गराउने गरि शिविरको आयोजना गर्दै छौ।”

बिद्यालयमा पठन पाठन गर्न आउने विद्यार्थीमा स्वास्थ्य सम्बन्धी कुनै रिपोर्ट नहुने भएकाले पठनपाठन गराउदा कुनै विद्यार्थीले भनेको नसुन्ने कसैले बोर्डमा लेखेको नदेख्ने गरेको समस्या शिक्षक लाई जानकारी नहुने भएकाले यो शिविरले त्यस्ता समस्याको समाधान गर्ने र पढाई समेत प्रभावकारी हुने भएकाले शिविर अत्यन्तै फलदायी भएको विद्यालयका शिक्षक विपिन आचार्यले बताए।

परिक्षणको क्रममा आफ्नो बच्चामा मोतिया बिन्दु भएको जानकारी पाए पछि छक्क परेका अभिभावकले यो शिविरको आयोजना नगरेको भए आफ्नो बच्चाको मोतिया बिन्दु बारे जानकारी नै नहुने बताए।

“मेरो बच्चामा मोतिया बिन्दुको समस्या रहेछ मलाई थाहा नै थिएन, यो शिविर नआएको हुन्थ्यो भनेता मेरो बच्चाको भविस्य नै बिग्रिने रहेछ” उनले भने, “अहिले समस्या थाहा भयो अहिले पो पिर लागेको छ, तर निशुल्क उपचार गरोदिने भनेको छ ढुक्क छु।”

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]