ज्योती लाईफ इन्स्योरेन्सले गर्यो मृतक बीमितको घरमै गएर मृत्यु बिमा दावी वापतको ६० लाख बढी भुक्तानी

Logo
खेमराज दाहाल शनिबार, पुष ०९, २०७९

उदयपुर – ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बिमा दावी भुक्तानी गरेको छ । स्वर्गीय बीमितको घरमा पुगेर एक कार्यक्रम आयोजना गरी मृत्यु बिमा दावी भुक्तानी गरेको हो ।

स्व.चित्रा कुमारी लिम्बू चौधरीले ३ महिना अगाडी ३० लाखको जीवन बिमा गरेकोमा वोनस सहित ६० लाख २५ हजार रुपैयाँ रकम बिमा दावी वापत भुक्तानी भएको हो ।

उक्त रकम त्रियुगा नगर प्रमुख वसन्त कुमार बस्नेतले स्व. चौधरीका छोरा समर दिप चौधरी र श्रीमान सुनिल कुमार चौधरीलाई हस्तान्तरण गरेका हुन ।

बिमा दावी वापतको चेक हस्तान्तरण गर्दै नगर प्रमुख बस्नेतले बिमा दावी सहज र शिघ्र तरिकाले भुक्तानी भएकोमा कम्पनीलाई धन्यवाद दिए ।

बिमित श्रीमती चौधरीको ३१ बर्षको उमेरमा करेन्ट लागेर गत असोज १५ गते मृत्यु भएको थियो । मृतक चौधरीले ज्योति लाईफ इन्स्योरेन्समा ३ महिना अघि मात्रै ३० लाख बरावरको जिवन बिमा गरेकी थिईन् । उनले ३ महिनाको पहिलो किस्ता २ लाख ७ सय २५ रुपौँया मात्रै विमा शुल्क जम्मा गरेकी थिईन् ।

बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ परिवर्तन गर्दैे आफ्ना बीमित स्व. चौधरीको घरमै पुगी दुघर्टना मृत्यु बापत रकम बितरण गरेको एजेन्सी मेनेजर मनोज गुप्ताले बताए ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा त्रियुगा नगरपालिका प्रमुख सहित वडा नं ४ का वडा अध्यक्ष बद्री बस्नेत, वडा ३ का वडा अध्यक्ष तिलक कटुवाल, कम्पनीका शाखा प्रबन्धक कमला खवास, एजेन्सी मेनेजर पुरुसोत्तम रौनियार, नबिना खत्री, मार्केटिङ मेनेजर विपिन राई लगयात कम्पनीमा कार्यरत अन्य सदस्य समेतको उपस्थिति रहेको थियो ।

एजेन्सी मेनेजर मनोज गुप्ताले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीेले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैं बीमितको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

स्वर्गीय चौधरीका ससुरा महेन्द्र चौधरी बुहारीलाई सम्झिदै भावुक बनेका थिए । कलिलो नातीको भविश्यमा कुनै कमी आउन नदि पालन पोषण गर्ने चौधरीले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।