नेविसंघ उदयपुरको अध्यक्षमा रोशन कार्की

Logo
शनिबार, पुष ०९, २०७९

उदयपुर । नेपाल विद्यार्थी संघ (नेविसंघ) उदयपुरको अध्यक्षमा रोशन कार्की मनोनित भएका छन । गत फागुन बाट रिक्त रहेको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा कार्कीलाई (नेविसंघ) उदयपुरको अध्यक्षमा मनोनयन गरिएको हो ।

नेपाली कांग्रेस उदयपुरको सिफारिसमा कार्कीलाई अध्यक्षमा मनोनयन गरेको नेबिसंघ केन्द्रीय कार्यसमितिले जनाएको छ ।

२०६४ सालबाट नेबिसंघमा आवद्ध भएका कार्की २०७० सालमा इकाई सभापति हुँदै २०७३ सालमा त्रियुगा जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति भएका हुन ।

पार्टी राजनीतिमा समेत आफ्नो राम्रो प्रभुत्व बनाईसकेका कार्की पार्टीको १४ औं अधिबेशनमा लोकप्रिय मत सहित प्रदेश महाधिवेशन प्रतिनिधि बनी सकेका छन । संगठन निर्माणमा युवाहरुको पहिलो रोजाईमा पर्ने युवा नेता कार्कीले अध्यक्ष बने लगतै अव संगठन निर्माणमा लाग्ने बताए ।

फागुन ३ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघ र तरुण दलसहित नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भंग गरेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]