उदयपुर । प्रदेश नं १ स्तरीय लाखे नाच प्रतियोगिताको प्रथम उपाधी नेवाः देय दवु पाँचखपन, संखुुवासभाले हात पारेको छ । उदयपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो लाखे नाच प्रतियोगितामा प्रथम भएसंगै उसले एक लाख एक रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा पासा खल धरान दोस्रो बनेको छ । प्रतियोगितामा दोस्रो बनेको पासा खल धरानले ७५ हजार १ रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ ।
विभिन्न ठाउँबाट आएका १२ लाखेहरुको प्रतिस्पर्धामा इन्द्रपुुुर नेवाः पुुचः विराटचौक मोरङ तेस्रो भएको छ । उस्ले तेस्रो भए सँगै ५१ हजार १ रुपैया र ट्रफी जितेको छ । सान्त्वना पुरस्कार स्वरुप नेवाः देय दवु झुम्का र झिंगु नेवा: पुच: बोक्सेलाई ११ हजार पुरस्कार प्रदान गरिएको छ ।
पहिलो एक लाख राशिको पुरस्कार त्रियुगा नगरपालिकाका तर्फबाट मेयर बसन्त बस्नेतले प्रायोजन गरेका थिए भने दोस्रो पुरस्कार कटारी नगरपालिकाका तर्फबाट मेयर राजेशचन्द्र श्रेष्ठले प्रायोजन गरेको आयोजकले जनाएको छ ।
यस्तै तेस्रो पुरस्कार त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरीराइले प्रायोजन गरेको आयोजकले जनाएको छ । सान्त्वना पुरस्कार भोजपुरे भाँडा पसलका प्रोप्राइटर तिलक बहादुर श्रेष्ठ र आयोजक आफैंले गरेका हुन ।
प्रतियोगितामा नेवा खल समाज मोतियाही, नेवार संघ भोर्ले कटारी, बिराट नेवा: पुच: बिराटनगर, नेवाः देय दवु बिर्तामोड, इन्द्रपुर नेवाः पुच: मोरङ, जनहित – पारस्परिक सेवा गुठी ओखलढुंगा, नेवाः देय दवु झुम्का सुनसरी, नेवाः देय दवु पाच खपन संखुवासभा, अर्खौले बजार सामाजिक गुठी खोटाङ, पासाखल धरान, नेपाल भाषा तथा संस्कृति समाज इलाम र झिंगु नेवा: पुच: बोक्से उदयपुरले प्रतिस्पर्धा गरेका थिए ।