गाईघाटमा चोरीका घटना बढ्दो, दुई दिनमा २० लाख बढी चोरी

Logo
सोमबार, पुष ११, २०७९

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाममा चोरीको घटना बढ्न थालेको छ । त्रियुगा नगरपालिका ११ शुभशान्ति टोल स्थित एक घरमा चोरी भएको छ ।

करिव आइतवार रातको १२ बजेको समयमा स्थानीय आशिष खड्काको घरमा कोहि नभएको मौका पारी चोरी भएका हो।

घर चोरी हुँदा १५ तोला सुन, १५० तोला चाँदी साथै १ लाख पचास हजार रकम चोरी भएको पिडितले बताएका छन । पिडीत आशिष केहि समयमात्र बिदेशबाट घर आएका थिए ।

त्यसको अघिल्लो रात त्रियुगा नगरपालिका–३ मोतिगडाका रामानन्द साहको माँ दुर्गा जेनरल स्टोरबाट ५ लाख बरावरको रिचार्जकार्ड साथै नगद १ लाख ५० हजार सहित चोरी भएको थियो ।

यी दुबै घट्नाका आशँकामा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी ज्ञानेन्द्र फुयलले बतायका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।