प्रचण्ड माओवादीको अस्थिर राजनीति फेरि उदांगिएको छ : शेखर कोइराला

Logo
मंगलबार, पुष १२, २०७९

उदयपुर — कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस नेतृत्वको गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि उदांगिएको बताएका छन् ।

संसद्‍बाट नयाँ सरकारको नेतृत्वमा पुष्पकमल दाहालको सत्तारोहण अपेक्षित नभएको भन्दै प्रचण्ड र माओवादी केन्द्रको राजनीतिक अस्थिर चरीत्र पुनः उदांगो भएको बताएका हुन ।

नेपालको पछिल्लो परिवर्तित राजनीतिप्रति बिज्ञप्ति सार्वजनिक गर्दै नेता कोइरालाले संसदीय व्यवस्थामा यस्ता घटना असम्भव नभए पनि सामान्यतया अराजनीतिक, अस्थिरता र अराजकताको पराकाष्ठा मानिने बताएका छन ।

नेता कोइरालाले कांग्रेस ठूलो दल भएर पनि विपक्षमा पुगेको उल्लेख गर्दै भनेका छन्, “गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदांगिएको छ । हामीबीच रहेको सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन ।”

पार्टीको गल्ती कमजोरीका कारण संघदेखि प्रदेशसम्म कांग्रेस विपक्षमा बस्नुपर्ने अवस्था आएको पनि नेता कोइरालाको भनाइ छ । नेता कोइरालाले बिज्ञप्ति मार्फत थप भनेका छन, “कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ ।”

सत्ता बाट बाहिर बसे पनि कांग्रेस शक्तिको हिसाबमा कमजोर नरहेको र निराश नभई थप सशक्त भएर नयाँ कांग्रेस निर्माण अभियान दृढ भएर लाग्न समेत नेता कोइरालाले आह्वान गरेका छन । उनले भनेका छन, “यहाँबाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन । सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौं ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।