प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत त्रियुगा १६ का १९ युवाले पाए रोजगार

Logo
शुक्रबार, पुष १५, २०७९

गाईघाट । गाउमै युवाहरुलाई रोजगारी सिर्जना गर्ने उदेश्यले सुरु भएको‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ १६ नं. वडामा सुरु भएको छ। त्रियुगा नगरपालिकाको चालु आर्थिक वर्ष ०७९–८० को कार्यक्रम अन्तर्गत बिहीवार एक कार्यक्रम गर्दै वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।

वडा नं १६ ले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न वडाका १९ जना कामदार छनौट गर्नुका साथै १० लाख ९६ हजार ३ सय रकम विनियोजन गरेको वडा सचिव महेश खनालले जानकारी दिए । सचिव खनालका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएको रकमले मात्र योजना सम्पन्न गर्न अपुग भएकोले यसैमा थप ५ लाख ६५ हजार वडाको बजेटबाट थपिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा वडा नं १६ मा २ वटा सञ्चालन हुनेछ। ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना’ र ‘युवा रोजगारीका लागि रुपान्तरणको पहल योजना’ रहेका छन । जस अनुसार चुनिया खोला जाल्पा देवी थान जाने सिढी निर्माण र सुकौरा, काभ्रे, सिरुवानी, भोर्ले वडा कार्यलय सडक स्तर उन्नती रहेका छन्।

चुनिया खोला जाल्पा देवी थान जाने सिढी निर्माणका लागि ९ लाख तीन हजार ९ सय र सुकौरा, काभ्रे, सिरुवानी, भोर्ले वडा कार्यलय सडक स्तर उन्नतीका लागि ७ लाख ५७ हजार ४ सय रुपैयाँ रहेको छ ।

वडा सचिव खनालका अनुसार बिहिबार ती योजनामा काम गर्नका लागि वडा बासी लाभग्राही सूचिकृत बेरोजगार व्यक्तिहरूलाई १ दिने कार्यस्थल अभिमुखिकरण कार्यक्रम सम्पन्न गरी परिचयपत्र वितरण गरिएको छ। त्रियुगा नगरप्रमुख वसन्तकुमार बस्नेत र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले सूचिकृत लाभग्राही कामदारहरूलाई एक कार्यक्रमका बिच संयुक्त रुपमा परिचयपत्र वितरण गरे।

परिचयपत्र वितरण गर्दै मेयर बस्नेतले स्थानीय बेरोजगारहरूलाई गाउँघरमै रोजगारी सिर्जना गरी युवाहरू विदेश पलायन हुनबाट रोक्न यो कार्यक्रम सञ्चालन गरिएको बताए। मेयर बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले सानो लगानीले पनि ठुलठुला योजनाहरू सम्पन्न गर्न र बेरोजगारलाई गाउँमै काम पाउन सहयोग पुगेको बताए।

नगरपालिकाका अन्य वडाहरूमा पनि त्यस्तै बेरोजगारलाई रोजगारी र स्थानीय विकास निर्माणमा टेवा पुग्ने योजनाहरू सञ्चालन गर्ने योजना रहेको मेयर बस्नेतले जानकारी दिए।

त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा ७ सय ४४ महिलासहित १ हजार २ सय ९५ श्रमिक सूचिकृत गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको संयोजक निशा घलेले जानकारी दिइन ।

“सुचिकृत भएका सवैलाई सरकारले तोकेको मापदण्ड अनुसार नगरपालिकाले १ सय दिन रोजगारी दिन्छ।” घलेले भनिन, “यसका लागि नगरमा चालु वर्षमा ७१ लाख ९९ हजार रकम रहेको छ।” संयोजक घलेका अनुसार अघिल्लो आर्थिक बर्षमा २ करोड ४२ लाख ६२ हजार रकम बाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ४ सय ४७ जनालाई रोजगारी दिइएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]