निजामती कर्मचारी युनियन प्रदेश १ समितिको वृहत बनभोज कार्यक्रम सम्पन्न

Logo
आइतबार, पुष १७, २०७९

उदयपुर । कर्मचारी युनियन प्रदेश १ कार्यसमितिले बृहत वनभोज कार्यक्रम सम्पन्न गरेको छ । उदयपुरको बेलका नगरपालिका स्थित प्रसिद्ध धार्मिक स्थल चतरा रिसोर्टमा बृहत वनभोज कार्यक्रम सम्पन्न गरेक हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरू पछिल्लो राजनीतिक घटनाक्रमले लोकतन्त्र फेरि संकट पर्ने हो कि भन्ने खतरा बढेको बताए । यसरी अप्रत्यासित रुपमा बिकास भएको राजनितिक घटनाक्रमलाई  नियाल्दै कर्मचारी युनियनमा आवद्ध सवै कर्मचारीले चनाखो भएर लोकतन्त्रको रक्षा र कर्मचारीको सर्वोपरि हित हुने गरि काम गर्न आग्रह गरे ।

कर्मचारी युनियन प्रदेश १ का अध्यक्ष मान बहादुर वनको अध्यक्षतामा सम्पन्न वनभोज कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभापति उद्वव थापा, प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी बिकाश मन्त्री हिमाल कार्की, प्रदेश सभा सदस्य भिम पराजुली, राम कुमार खत्री, त्रियुगा नगरपालिका प्रमुख वसन्त कुमार बस्नेत, बेलका नगरपालिका प्रमुख अशोक कार्की, निर्वतमान प्रतिनिधि सभा सदस्य प्रमिला राई, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, निवर्तमान नेपाली कांग्रेस उदयपुरका पार्टी सभापति बिदुर बस्नेत, जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्र फुयल, लगायत नेपाली कांग्रेसका नेता तथा प्रदेश १ का १४ जिल्लामा कार्यरत युनियनमा आवद्ध कर्मचारीहरु उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]