त्रियुगामा ऐलानी जग्गा नापजाँच सुरु

Logo
आइतबार, पुष १७, २०७९

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा ऐलानी जग्गा नापजाँच सुरु गरिएको छ। त्रियुगा नगरपालिकाले बुधबारदेखि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो।

भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँच सुरु गरेको नगरपालिकाका मेयर वसन्त कुमार बस्नेतले बताए। वडा नम्बर ५ कुसुनटार बाट नापजाँच सुरु गरिएको हो। यसअघि अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने मेयर बस्नेतले बताए।

मेयर बस्नेतका अनुसार एक सर्वेक्षकसहित आठ अमिनले ऐलानी जमिन नापजाँच गर्नेछन्। ‘अहिले हामीले ९ जना मात्रै जनशक्ति फिल्डमा खटाएका छौँ। यो टोलीको कामको गतिअनुरूप अन्य जनशक्ति थप्छौँ वा यसैलाई निरन्तरता दिन्छौँ,’ मेयर बस्नेतले भने, ‘जमिन भएका, तर वर्षौँदेखि लालपुर्जा विहीन अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउँछौँ। भूमिहीन दलित र सुकुमबासीलाई समेत जमिन धनी बनाउँछौँ।’

नगरपालिकाका उपमेयर महेश्वरी राइले अब त्रियुगामा भूमिहीन दलित, सुकुमबासी र जमिन भएर पनि स्वामित्व नभएका अव्यवस्थित बसोवासी नागरिक जमिनका मालिक बन्ने बताइन्।उपप्रमुख राइले नापी कार्यलाई तीव्र अघि बढाउँदै वर्षौँदेखि जमिनको स्वामित्वबाट वञ्चित रहेकालाई जमिन दिइने बताइन्। बिना बिवाद समस्या नझिकी आएका प्राविधिकहरुलाई सहयोग गर्दै नापजाँचमा सहयोग पुर्याउन आग्रह गरिन ।

त्रियुगा नगरपालिका वडा नं ५ का अध्यक्ष उद्धव थापाले निर्वाचन ताका मतदाता सँग गरेको प्रतिबद्धता पूरा गर्नका लागि नापजाँच गरेर अब लालपुर्जा वितरणका लागि तयारी गरेको बताए । ‘चुनावका वेला जनतासँग लालपुर्जा वितरण गर्ने वाचा थियो,’ उनले भने, ‘त्यही वाचाअनुरूप हामी निरन्तर जनताको काममा जुटेका छौँ।’

त्रियुगामा यसअघि भूमिहीन दलित ८ सय ३३, भूमिहीन सुकुमबासी २ हजार र १३ हजार ५ सय २ अव्यवस्थित बसोवासी गरेर १६ हजार ३ सय ३५ जनाले छुट्टाछुट्टै फारम भरेर पठाएको भुमिहिन दलित भुमिहिन सुकुमवासी र अव्यवस्थित बसोबासीको लागि सेवा केन्द्रका संयोजक घनश्याम पोखरेल जानकारी दिए।

संयोजक पोखरेलका अनुसार भुमिहिन दलित, सुकुम्बासीको हकमा २ कठ्ठा घर र ६ कठ्ठा जग्गा कृषिको लागि जम्मा ८ कठ्ठा पाउने गरि व्यवस्था गरेको र अव्यवस्थित बसोबासीको हकमा भने ३ कठ्ठा घर प्रयोजनका लागि र डेड बिगाह कृषि प्रयोजनका लागि उपयोग गर्ने पाउने गरि लाल पुर्जा बितरण गरिने छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]