उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकामा भोली सोमबार देखि अन्तर विद्यालय पहिलो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु हुने भएको छ ।
त्रियुगा नमुना माध्यामिक बिद्यालयमा हुने प्रतियोगितामा माध्यमिक तहका नगरपालिका भरीका बिद्यालयहरुका करिव १ हजार बिद्यार्थी १० विधामा हुने खेलमा सहभागिता जनाउनेछन।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदको छनौट खेलको रुपमा लिइएको प्रतियोगिता अन्तगर्त त्रियुगा नगरपालिका भरिका ३ दर्जन विद्यालयका झन्डै १ हजार विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
आज पत्रकार सम्मेलन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले पहिलो पटक नगरमा हुन लागेको यो प्रतियोगितालाई नगर वासीले उत्सवको रुपमा मनाउने बताए। खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गरेको नगर प्रमुख बस्नेतले बताए।
नगरपालिकाको शैक्षिक गुणस्तर उकास्न खेलकूद प्रतियोगिता महत्वपूर्ण सावित हुने बताउदै मेयर बस्नेतले प्रतियोगितालाई भब्यरुपमा सम्पन्न गर्नका लागि ८ लाख बढी रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जनाकारी दिए।
प्रतियोगिता संचालनका लागि त्रियुगा नगरपालिकाले खेलकूद निर्देशिका पारित गरी यो प्रतियोगितालाई हरेक वर्ष त्रियुगा नगरपालिका मातहत संचालन गर्ने र तत्कालै शैक्षिक महोत्सवको पनि आयोजना गर्ने गरी निर्देशिका पारित भइसकेको मेयर बस्नेतले जानकारी दिए।
पत्रकार सम्मेलनमा उप प्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन , नगर खेलकुद समितिका अध्यक्ष विजय सिंह लगायत खेल प्रेमीहरुको उपस्थिति रहेको थियो।
त्रियुगा नगर स्तरिय इन्टर स्कुल क्रिकेट प्रतियोगित सम्पन्न
उदयपुरको त्रियुगा नगर स्तरिय इन्टर स्कुल क्रिकेट प्रतियोगिताको फाईनल खेलको उपाधी त्रियुगा नमुना मा.वी. हात पारेको छ ।
त्रियुगा नगरपालिका स्थित बरुवा बसपार्कमा आयोजित प्रतियोगितामा उदयसी बोर्डीङ स्कुललाई पछि पार्दै त्रियुगा नमुना मा.वी. गाईघाटले उपाधी हात पारेको हो।
नगरपालिकाका ६ बिद्यालयले प्रस्तिस्पर्धा गरेको प्रतियोगितामा त्रियुगा नमुना मा.वी., उदयसी बोर्डीङ स्कुल जलजले, क्यानभास एकेडेमी गाईघाट, प्याराडाइज इङ्ग्लिस बोर्डिंङ गाईघाट , नमुना इङ्ग्लिस बोर्डिंङ गाईघाट र जनता बहुमुखी क्याम्पस मोतिगडा रहेका थिए।
उदयपुर क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा त्रियुगा नगरपालिकाले आर्थिक सहयोग गरेको थियो। प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार नगद सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो।
दोस्रो हुने टिमलाई नगद ५ हजार सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो। प्रतियोगिताको फाइनल गेमको मेन अफ द म्याच त्रियुगा नमुना मा.वी का नवराज दिग्देल भए। प्रतियोगिताभर बेस्ट ब्याटस्मेन नमुना इङ्ग्लिस बोर्डिंङ गाईघाटका एलिश खड्का घोषित भए।
यस्तै प्रतियोगिताको बेस्ट वलरको उपाधी त्रियुगा नमुना मा.वी का ऋतिक रौनियारले पाएका छन भने प्याराडाइज इङ्ग्लिस बोर्डिंङ गाईघाटका सुजन फुयलले इमर्जिङ खेलाडीको उपाधी जितेका छन्।
पुरस्कार वितरण तथा समापन कार्यक्रममा त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, वडा अध्यक्ष सुमन्त कोइराला लगायतको उपस्थिति रहेको थियो।