३ हजार बिद्यार्थीको मार्च पास सहित त्रियुगामा पहिलो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो भिडियो सहित)

Logo
खेमराज दाहाल सोमबार, पुष १८, २०७९

गाईघाट। उदयपुरको त्रियुगा नगरपालिकामा सोमबार देखिअन्तर विद्यालय पहिलो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु सुरु गरिएको छ।  वटुकहरुले स्वास्तीशान्ती गर्नुका साथै नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतले पानसमा बत्ति बालेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।

कार्यक्रम शुरु गर्नु अगाडी प्रतियोगितामा भागलिन आएका विद्यालयका ३ हजार बढी बिद्यार्थी सहित मार्च पास कार्यक्रम गरिएको थियो। त्रियुगा नगरपालिकाको अगाडी बाट शुरु भएको मार्च पास गाईघाट बजार परिक्रमा गर्दै त्रियुगा नमुना माध्यामिक बिद्यालयको प्राङ्गणमा आएर टुंगिएको थियो।

त्रियुगा नमुना माध्यामिक बिद्यालयको प्राङ्गणमा हुने  प्रतियोगितामा माध्यमिक तहका नगरपालिका  भरीका सामुदायिक र नीजि गरि ३१  वटा विद्यालयका करीब १ हजार खेलाडीहरुको सहभागिता रहने छ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नारा सहित आयोजना गरिएको प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले पहिलो पटक नगरमा हुन लागेको यो प्रतियोगितालाई नगर वासीले उत्सवको रुपमा मनाएको बताए।

“शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य हो,” मेयर बस्नेतले भने, “खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउछ।, शिक्षा आर्जन अक्षरबाट मात्रै हुदैन, अतिरिक्त क्रियाकलापबाट गरिने शिक्षा आर्जनले अझ बिद्यार्थीको भविस्य उज्वल हुन्छ।”

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर महेश्वरी राईले विद्यालयको पठनपाठनसँगै खेलकुदमा पनि लाग्न विद्यार्थीहरुलाई आग्रह गर्दै प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभाको पहिचान गरी प्रदेश र राष्ट्रिय स्तरमा पुग्ने अवसर दिलाउने विश्वास व्यक्त गरिन।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन, वडा अध्यक्ष सुमन्त कोइराला लगायतले शुभाकामना मन्तब्य राखेका थिए। कार्यक्रममा नगरपालिकाका १६ वटै वडाका वडा अध्यक्ष, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष, नगर खेलकुद समितिका अध्यक्ष, विभिन्न राजनितिक दलमा आवद्ध व्यक्तिहरु उपस्थित थिए।

प्रतियोगितामा तेक्वान्दो, सितोरियो, कवडी, भलिबल, शटफुट, लंगजम्प, हाइजम्प त्रिपल जम्प र ज्याब्लिङ्ग लगायतका खेल समाबेश रहेका छन।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry