गिफ्ट पसलमा पेस्तोल किन्न खोज्दा चोरीको आरोपमा अमेरिकी डलर सहित एक युवक पक्राउ

Logo
मंगलबार, पुष १९, २०७९

उदयपुर । काठमाडौंबाट चोरी गरी भागेका एक व्यक्ति उदयपुरको गाईघाटमा पक्राउ परेका छन्। काठमाडौंमा चोरी गरी भागेका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २१ वर्षे सुजन गिरी उदयपुरको गाईघाटबाट पक्राउ परेका हुन ।

गाईघाटमा पेस्तोल किन्न खोज्दै हिँडेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिआएका प्रहरीले पक्राउ गरेका हुन  ।

मिनी मार्केटको एक गिफ्ट पसलमा पेस्तोल पाईन्छ भन्दै सोधि हिँडेको सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राकेश कुमार पोदारले जानकारी दिए ।

केही दिनयता गाईघाटस्थित मेलिना होटेलमा बस्दै आएको खुल्न आएको छ । होटलमा खानतलासी गर्दा गिरी बस्ने कोठाबाट १ लाख ८५ हजार ४ सय १५ नेपाली रुपैयाँ, अमेरिकी डलर २ सय ९२, २ लाख ५९ हजार एक सय भारतीय रुपैयाँ र ८० युरो बरामद गरिएको छ ।

त्यस्तै अन्य सामानहरु चाँदिको जस्तो देखिने सिक्री २ थान , चाँदिको जस्तो ब्रासलेट १ थान, सुन जस्तो देखिने पहेलो धातुको औठी थान १, घडी १ थान, आईप्रो किप्याड मोवाईल १ थान, इन्फिनिक्स र आईटियल को ठुलो मोवाईल २ थान, पावर ब्याङ्क १ थान, बुद्धचित्त ८० ओटा, सानो रुद्राक्ष माला १ थान र सि माला ४ थान फेला परेको छ ।

ती सामान गिरीले केही दिनअघि काठमाडौंको बौद्धबाट चोरी गरेको भन्ने खुल्न आएको उदयपुर प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धसँग समन्वय गरी पक्राउ परेका व्यक्ति र बरामद सामान काठमाडौं पठाइएको डीएसपी पोदारले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।