उदयपुरमा आगलागीबाट ८० लाखको बढिको क्षति

Logo
मंगलबार, पुष १९, २०७९

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीमा आगलागी हुँदा ८० लाख बढिको क्षति भएको छ। औषधी जन्य तेल र तेजपत्ता भण्डारण गरि रखेको गोदाममा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब प्रहरी उपरीक्षक राकेशकुमार पोदारका अनुसार गोदाम सहित गोठ जल्दा क्षति भएको हो।

पोदारले स्थानीय सत्रुधन थापाको गाईगोठ, गोठमा रहेको काठपराल जल्दा ७ लाख र नजिकै रहेको भरत थापाको इँटाले बनेको टिनको छानो भएको दुईतले गोदाम घर जल्दा ७० लाख बढिको क्षति भएको जानकारी दिए।

उनले भने, ‘अन्नपात, भाडावर्तन, लत्ताकपडा गोदाममा भण्डार गरी राखेको धसिंगारेको जडीबुटीको तेल (प्रतिलिटर नौ हजार पर्ने) अन्दाजी ६६६ लिटर र तेजपत्ता जली अन्दाजी सत्तरी लाख बढि मूल्यबराबरको क्षति भएको छ।’

आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउँदै उनले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।