त्रियुगा नगरपालिकामा निर्माणधिन सभाहल निर्माण सुचारु(फोटो)

मेयर बस्नेतको अथक प्रयासमा बजेटको व्यवस्था हुदा निर्माण सुचारु
Logo
बुधबार, पुष २०, २०७९

उदयपुर । बिगत दुईवर्षदेखि काम रोकिएको सदरमुकाम गाईघाटको ‘त्रियुगा मदन भण्डारी सभा भवन तथा अतिथि गृह’ निर्माण सुचारु भएको छ। त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको अथक प्रयास पछि दोस्रो फेजको बजेटको व्यावस्था संगै पुस दोस्रो सातादेखि निर्माणको काम सुचारु भएको हो।

पहिलो फेजको काम सकिएपछि बजेट अभाव र अन्य प्राविधिक कारण मिलाउन समय लाग्दा निर्माण कार्य रोकिन पुगेको भवनको थियो । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजको रेखदेखमा निर्माणाधीन भवन दुईवर्षअघि नै पहिलो फेजको काम सकिएको थियो।

दक्षिणतर्फको माथिल्लो तलाको छत ढलान र सभाहलमाथिको ट्रस प्रविधिको फलामे छानो हाल्नेलगायत रंगरोगन र झ्यालढोकाको काम मात्र बाँकी रहेको भवन थप बजेट र अन्य प्राविधिक कारणले निर्माण कार्य रोकिएको थियो।

भवन सुचारु गर्न कार्यालयले चालु वर्षको सुरुमै टेण्डर आव्हान गरेर ठेक्का सम्झौता गरेको र केहीदिन अघि निर्माण कम्पनी आएर काम सुचार गरेको हो। आयोजना कार्यालय राजबरिाजका प्रमुख डिई सचिन्द्र देव संगै त्रियुगा नगरपालिकाका मेयर बस्नेतले मंगलबार स्थलगत निरीक्षणका गरेका थिए ।

योजनाको अनुगमन गर्दै मेयर बस्नेतले नगरपालिकाकै महत्वपूर्ण मानिएको योजना भएकाले पछिल्लो बजेट आफ्नै सक्रियता र पहलमा आएको हुँदा नगरपालिकाले गर्नुपर्ने सबैखाले सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।

आयोजना कार्यालयका इन्जिनियर सुशील चौधरीले भवन निर्माण डेढवर्षभित्र सम्पन्न गरिसक्ने गरी सुनकोसी कन्स्ट्रक्सनले ठेक्का लिएको बताए। इन्जिनियर चौधरीका अनुसार गत मंसिर १३ गते सम्झौता गरेर ०८० साल जेठ १४ गतेभित्र योजना सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नेगरी सम्झौता भएको छ। भवन निर्माणको दोस्रो फेजका लागि आयोजना कार्यालयले मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १८ करोड २ लाख १६ हजार १ सय ९१ रुपैँयामा ठेक्का लागेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।